दमक । पुष्पन प्रधानले नयाँ गीत सार्वजनिक गरेका छन् । मनिश बशिष्ठको शब्द रहेको “बाटो” बोलको गीत एम.डी. क्रिएसन युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । शब्दहरूलाई संगीतवद्ध पनि पुष्पन प्रधानले नै गरेका छन् ।


सकरात्मक, जोश र सबैखाले अप्ठ्याराहरूलाई निरन्तरको मिहेनतले पार लगाउन सकिन्छ । जस्तो सुकै परिस्थितिमा पनि हिम्मत नहार्नु भन्ने मिठो सन्देश बोकेको उक्त गीतको संगीत संयोजन भने डानिएल गदालले गरेका हुन् भने रोबिन क्षेत्रीले मिक्सिङ र माष्टरिङ गरेका हुन् ।


पुष्पन स्वयमले अभिनयको मुख्य भूमिका संहालेका छन् भने गजित बिष्ट, सुबोल थापा, मेलिना ओली, शम्भु श्रेष्ठ र शुभम भुजेलले समेत अभिनय गरेका छन् ।

उक्त गीतको भिडियोको लिङ्क तल छ ।

प्रतिक्रिया दिनुहोस