दमक । विश्वमा कोरोना संक्रमणको संख्या तिव्र गतिमा फैलिएसँगै विश्वभरमा कोरोना संक्रमण हुनेको संख्या १० लाख नाघेको छ । शुक्रबार बिहानसम्ममा संसारभरको कोरोना संक्रमितको संख्या १०१५५३१ पुगेको छ ।


चिनको उहान प्रान्तबाट फैलिन थालेको कोरोना भाइरस (कोबिड –१९) ले सुरुमा चिनमा हाहाकार मच्चाएको थियो । कडा अनुशासन र विभिन्न पद्धतिसँगै अब भने चिनले पूर्ण रुपले कोरोना भाइरसलाई नियन्त्रणमा लिएको छ । तर उता युरोप र अमेरिकामा भने कोरोना भाइरसको हाहाकार चलिरहेको छ ।
कोरोना संक्रमितको संख्या १० लाख पुरा भएसँगै संक्रमण बाट मर्नेहरूको संख्या पनि ५० हजार नाघेको छ । भने कोरोना संक्रमण भएर निको हुनेको संख्या पनि २ लाखभन्दा माथि गएको छ । शुक्रबार बिहान सम्ममा मृत्यु हुनेको जम्मा संख्या ५३१९८ पुगेको छ भने निको हुनेको जम्मा संख्या २१२३९३ पुगेको छ । यसरी हेर्दा जम्मा संक्रमितको ५.२५ प्रतिश मृत्यु भएको देखिन्छ । त्यस्तै बन्द भइसकेका केशमा भने २० प्रतिशतको मृत्यु भएको छ र ८० प्रतिशतले स्वास्थ लाभ गरिसेका छन् ।
अहिले सम्मको अवस्थामा सबैभन्दा धेरै संक्रमितको संख्या अमेरिकामा देखिएको छ भने सबैभन्दा धेरैको मृत्यु इटलीमा भएको छ । अमेरिकामा यो समाचार बनाउँदासम्ममा जम्मा संक्रमितको संख्या २४५०६६ पुगेको छ । अमेरिकामा मृत्यु हुनेको संख्या ६०७५ पुगेको छ । दोस्रो नम्बरमा रहेको इटलीमा जम्मा संक्रमितको संख्या ११५२४२ पुगेको छ भने मृत्यु हुनेको संख्या १३९१५ पुगेको छ ।


इटलीपछि स्पेन सबैभन्दा धेरै कोरोना संक्रमित भएको देशको रुपमा देखिन्छ । स्पेनमा अहिलेसम्म संक्रमितको संख्या ११२०६५ पुगेको छ भने १०३४८ जनाको मृत्यु भइसकेको छ । सबैभन्दा धेरै मृत्यु हुनेको दोस्रो नम्बरमा स्पेन रहेको छ । सबैभन्दा धेरै संक्रमित हुनेको चौँथो नम्बरमा जर्मनी रहेको छ भने कोरोनाको उद्गम देश मानिएको चिन पाँचौँ नम्बरमा रहेको छ । चिनमा भन्दा जर्मनीमा धेरै संक्रमित देखिए पनि हालसम्म भने मर्जनीमा भन्दा चिनमा नै मृत्यु हुनेको संख्या धेरै छ ।
धेरै मृत्यु हुने देशको १ नम्बरमा इटली रहेको छ, दोस्रो स्पेन रहेको भने तेस्रो अमेरिका रहेको छ । त्यस्तै चौँथोमा फ्रान्स रहेको छ भने चीन पाँचौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस