दमक ।  विश्वमा कोरोना संक्रमणको संख्या तिव्र गतिमा फैलिरहेको छ । यससँगै विश्वभरमा कोरोना संक्रमण हुनेको संख्या १३ लाख ५० हजारको हाराहारी पुगेको छ । मंगलबार बिहानसम्ममा संसारभरको कोरोना संक्रमितको संख्या १३४६५६६ पुगेको छ ।
चिनको उहान प्रान्तबाट फैलिन थालेको कोरोना भाइरस (कोबिड –१९) ले सुरुमा चिनमा हाहाकार मच्चाएको थियो । कडा अनुशासन र विभिन्न पद्धतिसँगै अब भने चिनले भने कोरोना भाइरसलाई नियन्त्रणमा लिएको छ । तर उता युरोप र अमेरिकामा भने कोरोना भाइरसको हाहाकार चलिरहेको छ ।


कोरोना संक्रमितको संख्या १३ लाख ५० हजारको हाराहारी पुगेसँगै संक्रमण बाट मर्नेहरूको संख्या पनि ७५ हजारको हाराहारी पुगेको छ । भने कोरोना संक्रमण भएर निको हुनेको संख्या पनि २ लाख ७५ हजार भन्दा माथि गएको छ । मंगलबार बिहान सम्ममा मृत्यु हुनेको जम्मा संख्या ७४६९७ पुगेको छ भने निको हुनेको जम्मा संख्या २७८६९५ पुगेको छ । यसरी हेर्दा जम्मा संक्रमितको ५.५५ प्रतिश मृत्यु भएको देखिन्छ । त्यस्तै बन्द भइसकेका केशमा भने २१.१४ प्रतिशतको मृत्यु भएको छ र ७८.८६ प्रतिशतले स्वास्थ लाभ गरिसेका छन् ।
अहिले सम्मको अवस्थामा सबैभन्दा धेरै संक्रमितको संख्या अमेरिकामा देखिएको छ भने सबैभन्दा धेरैको मृत्यु इटलीमा भएको छ । अमेरिकामा यो समाचार बनाउँदासम्ममा जम्मा संक्रमितको संख्या ३६७००४ पुगेको छ । अमेरिकामा मृत्यु हुनेको संख्या १०८७१ पुगेको छ । दोस्रो नम्बरमा रहेको स्पेनमा जम्मा संक्रमितको संख्या १३६६७५ पुगेको छ भने मृत्यु हुनेको संख्या १३३४१ पुगेको छ ।
स्पेनपछि इटली सबैभन्दा धेरै कोरोना संक्रमित भएको देशको रुपमा देखिन्छ । इटलीमा अहिलेसम्म संक्रमितको संख्या १३२५४७ पुगेको छ भने १६५२३ जनाको मृत्यु भइसकेको छ । सबैभन्दा धेरै मृत्यु हुनेको दोस्रो नम्बरमा स्पेन रहेको छ । सबैभन्दा धेरै संक्रमित हुनेको चौँथो नम्बरमा जर्मनी रहेको छ । जर्मनीमा अहिलेसम्ममा १०३३७५ जनामा संक्रमण पुष्टी भइसकेको छ भने १८१० जनाको मृत्यु भइसकेको छ । पाँचौँ नम्बरमा रहेको फ्रान्समा ९८०१० जनामा संक्रमण पुष्टी भइसकेको छ र ८९११ जनाको मृत्यु भइसकेको छ । त्यस्तै कोरोनाको उद्गम देश मानिएको चिन छैटौँ नम्बरमा रहेको छ ।
धेरै मृत्यु हुने देशको १ नम्बरमा इटली रहेको छ, दोस्रो स्पेन रहेको छ भने तेस्रो अमेरिका रहेको छ । त्यस्तै चौँथोमा फ्रान्स रहेको छ भने पाँचौमा बेलायत रहेको छ । छौटौँमा इरान रहेको छ र चीन सातौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस