काठमाण्डौ । वाणिज्य, आपूर्ति तथा उपयोक्ता हित संरक्षण विभागले नयाँ बानेश्वरको आइकालु मिट सेन्टरलाई शुक्रबार दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।

खसीको मासुमा कालोबजारी गर्ने दुईवटा मासु पसललाई सरकारले दुई दिनकाबीचमा दुई दुई लाख रूपैयाँ जरिवाना गरेको छ । यसैगरी बढी मूल्य लिने र म्याद गुज्रिएका सामग्री बेच्ने स्टोरहरु पनि निरन्तर कारबाहीमा भइरहेको।
यसअघि बुधबार पनि विभागले बत्तीसपुतलीको मुस्कान मिट सपलाई दुई लाख रूपैयाँ नै जरिवाना तिराइएको थियो । विभागले बजार अनुगमन गर्दा आईकालुले खसीको मासु १८ सय रुपैयाँ प्रतिकिलोमा बिक्री गरिरहेको भेटाएको थियो ।

पछिल्लो दिनमा बाहिरबाट खसी नआएको बहाना बनाएर मासुमा चर्को कालोबजारी भइरहेको छ ।

यसैगरी, आजै कलंकीमा अवस्थित चितवन खाद्य स्टोर्सले बढी मूल्यमा खाद्यान्न बचेको भेटेपछि दुई लाख जरिवाना तिराएको छ । बाफलस्थित न्यूबीके स्टोरले राहत सामग्रीमा म्याद नाघेको सामान प्याक गरेर बेचेको पाइएपछि तीन लाख जरिवाना गराइएको छ ।

प्रतिक्रिया दिनुहोस