उत्तर कोरियाले फेरि मिसाइल आक्रमण गरेको छ ।

जापानको समुद्री क्षेत्रमा उसले हालै क्रुज मिसाइल आक्रमण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । उत्तर कोरियाको वार्षिकोत्सव तथा दक्षिण कोरियाको संसदीय चुनावको पूर्वसन्ध्यामा उत्तरले मिसाइल आक्रमण गरेको जनाइएको छ ।

कोरोना भाइरसको विश्वव्यापी महामारीका बीच मंगलबारको प्रक्षेपण हतियार प्रक्षेपणमध्येकै एक शक्तिशाली भएको पनि बताइएको छ । जब कि, उत्तर कोरियाली नेता किमले यसअघि कोरोना महामारी विरुद्ध लड्न सबै देशबासीलाई सचेत गराएका थिए ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार उत्तरले प्रहार गरेको मिसाइल समुद्रको उत्तरपूर्वी क्षेत्रको १ सय ५० किलोमिटर भन्दा परसम्म पुगेको थियो । साथै २०१७ को जुनपछि उत्तरले पहिलो पटक क्रुज मिसाइल प्रक्षेपण गरेको हो ।

बुधबार मात्रै उत्तर कोरियाले किम जोङ उनका हजुरबा किम सङको १०८औं वार्षिकोत्सव मनाउँदैछ । किम सङ उत्तर कोरियालाई उपनिवेशबाट स्वतन्त्र बनाउने ऐतिहासिक आन्दोलनका अगुवा थिए ।

Annapur Post

प्रतिक्रिया दिनुहोस