दमक । विश्व यतिखेर कोरोना संक्रमणका कारण आहत अवस्थामा छ । यतिबेला विश्वभरमा कोरोना संक्रमण हुनेको संख्या २१ लाख हाराहारी पुगेको छ । बिहीबार बिहानसम्ममा जम्मा संक्रमितको संख्या २० लाख ८३ हजार २३६ पुगेको छ ।


कोरोना संक्रमितको संख्या २० लाख नाघेसँगै संक्रमणबाट मर्नेहरूको संख्या पनि १ लाख ३० हजार नाघेको छ । भने कोरोना संक्रमण भएर निको हुनेको संख्या पनि ५ लाख भन्दा माथि गएको छ । बिहीबार बिहानसम्ममा मृत्यु हुनेको जम्मा संख्या १३४६१० पुगेको छ भने निको हुनेको जम्मा संख्या ५१०३२८ पुगेको छ । यसरी हेर्दा जम्मा संक्रमितको ६.५ प्रतिश मृत्यु भएको देखिन्छ । त्यस्तै बन्द भइसकेका केशमा भने २१ प्रतिशतको मृत्यु भएको छ र ७९ प्रतिशतले स्वास्थ लाभ गरिसेका छन् ।

अहिले सम्मको अवस्थामा सबैभन्दा धेरै संक्रमितको संख्या अमेरिकामा देखिएको छ भने सबैभन्दा धेरैको मृत्यु पनि अमेरिकामै भएको छ । अमेरिकामा यो समाचार बनाउँदासम्ममा जम्मा संक्रमितको संख्या ६४४०८९ पुगेको छ । अमेरिकामा मृत्यु हुनेको संख्या २८५२९ पुगेको छ । दोस्रो नम्बरमा रहेको स्पेनमा जम्मा संक्रमितको संख्या १८०६५९ पुगेको छ भने मृत्यु हुनेको संख्या १८८१२ पुगेको छ ।

स्पेनपछि इटली सबैभन्दा धेरै कोरोना संक्रमित भएको देशको रुपमा देखिन्छ । इटलीमा अहिलेसम्म संक्रमितको संख्या १६५१५५ पुगेको छ भने २१६२५ जनाको मृत्यु भइसकेको छ । सबैभन्दा धेरै मृत्यु हुनेको दोस्रो नम्बरमा इटली रहेको छ । सबैभन्दा धेरै संक्रमित हुनेको चौँथो नम्बरमा फ्रन्स रहेको छ । फ्रान्समा अहिलेसम्म १४७८६३ जनामा संक्रमण पुष्टी भइसकेको छ र १७१६७ जनाको मृत्यु भइसकेको छ । पाँचौँ नम्बरमा रहेको जर्मनीमा अहिलेसम्ममा १३४७५३ जनामा संक्रमण पुष्टी भइसकेको छ भने ३८०४ जनाको मृत्यु भइसकेको छ । त्यस्तै सातौँ नम्बरमा युके रहेको छ । युकेमा ९८४७६ मा संक्रमण पुष्टि भइसकेको छ भने १२८६८ जनाको मृत्यु भइसकेको छ । त्यस्तै कोरोनाको उद्गम देश मानिएको चिन सातौँ नम्बरमा रहेको छ । आठौँ नम्बरमा रहेको इरानमा ७६३८९ जनामा संक्रमण भइसकको छ र नवौँ नम्बरमा रहेको टर्कीमा ६९३९२ जनामा संक्रमण पुष्टी भइसकेको छ ।


धेरै मृत्यु हुने देशको १ नम्बरमा अमेरिका रहेको छ, दोस्रो इटली रहेको छ भने तेस्रो स्पेन रहेको छ । त्यस्तै चौँथोमा फ्रान्स रहेको छ भने पाँचौमा बेलायत रहेको छ । छौटौँमा इरान रहेको छ र बेल्जियम सातौँ स्थानमा रहेको छ ।
छिमेकी देश भारत धेरै संक्रमित हुने देशको २० औँ नम्बरमा रहेको छ । भारतमा हालसम्ममा १२३७० जनामा कोरोना संक्रमण पुष्टी भइसक्दा ४२२ जनाको मृत्यु भइसकेको छ भने १५०८ जनाले स्वास्थ्य लाभ समेत गरिसकेका छन् ।
नेपालमा पनि हालसम्ममा १६ जनामा कोरोना प्रमाणित भइसकेकोमा १ जना निको भइसेका छन् भने नेपालमा अहिलेसम्म कसैको पनि मृत्यु भएको छैन । संक्रमितहरूको स्वास्थ्य अवस्था समेत सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस