कविता

अहँ ! कसैको पनि केही जोड लागेन
किनकी कोरोना कसै गरेपनि भागेन ॥

ठूलाठूला हल महलमा बस्न रुचाउनेहरु
आज बन्धक झैं कोठामा थुनिएका छन् ।
भन्नलाई त ओखती पत्ता लगाउँछौं भन्दैछन् तर,
विकसित भनिएका देशहरूको पनि कठै केही सीप लागेन ।
किनकी कोरोना कसै गरेपनि भागेन ॥

असहाय, अनाथहरुको अवस्था कति दयनीय र नाजुक छ ।
दीन दुःखी र मजदुरहरुको पनि बिजोग र वेहाल भइसक्यो ।
अलमलिएका नेता र भौंतारिएको सरकारहरुको के कुरा गर्नु र खै !
गणतान्त्रिक मुलुकका जनता पनि कोही जागेन ।
किनकी कोरोना कसै गरेपनि भागेन ।।

झनझन त्रास पैदा गराउँदै छ प्रकृति
सुखदुःखले आर्जेको धनसम्पतीको त कामै रहेन अब ।
जस्तै आविष्कार गरे पनि मर्नु त छँदैछ सबै एकदिन
विज्ञानको चमत्कार र वैज्ञानिकहरुको त केही लागेन ।
किनकी कोरोना कसै गरेपनि भागेन ॥

अहँ ! कसैको पनि केही जोड लागेन
किनकी कोरोना कसै गरेपनि भागेन ॥

 

– मधुसुधन पाठक (सितेबा)

प्रतिक्रिया दिनुहोस