दमक । विश्व यतिखेर कोरोना संक्रमणका कारण आहत अवस्थामा छ । यतिबेला विश्वभरमा कोरोना संक्रमण हुनेको संख्या २२ लाख ५० हजार नाघेको छ । शनिबार बिहानसम्ममा जम्मा संक्रमितको संख्या २२ लाख ५० हजार ४५० पुगेको छ ।


कोरोना संक्रमितको संख्या २२ लाख ५० नाघेसँगै संक्रमणबाट मर्नेहरूको संख्या पनि १ लाख ५० हजार नाघेको छ । भने कोरोना संक्रमण भएर निको हुनेको संख्या पनि ५ लाख ७० हजार नाघेको छ । शनिबार बिहानसम्ममा मृत्यु हुनेको जम्मा संख्या १५४२४९ पुगेको छ भने निको हुनेको जम्मा संख्या ५७१९९६ पुगेको छ । यसरी हेर्दा जम्मा संक्रमितको ६.८५ प्रतिश मृत्यु भएको देखिन्छ । त्यस्तै बन्द भइसकेका केशमा भने २१ प्रतिशतको मृत्यु भएको छ र ७९ प्रतिशतले स्वास्थ लाभ गरिसेका छन् ।

अहिले सम्मको अवस्थामा सबैभन्दा धेरै संक्रमितको संख्या अमेरिकामा देखिएको छ भने सबैभन्दा धेरैको मृत्यु पनि अमेरिकामै भएको छ । अमेरिकामा यो समाचार बनाउँदासम्ममा जम्मा संक्रमितको संख्या ७१००२१ पुगेको छ । अमेरिकामा मृत्यु हुनेको संख्या ३७१५८ पुगेको छ । दोस्रो नम्बरमा रहेको स्पेनमा जम्मा संक्रमितको संख्या १९०८३९ पुगेको छ भने मृत्यु हुनेको संख्या २०००२ पुगेको छ ।


स्पेनपछि इटली सबैभन्दा धेरै कोरोना संक्रमित भएको देशको रुपमा देखिन्छ । इटलीमा अहिलेसम्म संक्रमितको संख्या १७२४३४ पुगेको छ भने २२७४५ जनाको मृत्यु भइसकेको छ । पछिल्लो समयमा इटली र स्पेनमा दैनिक औसत बृद्धिदरमा केही कमी आएको देखिन्छ ।

सबैभन्दा धेरै मृत्यु हुनेको दोस्रो नम्बरमा इटली रहेको छ । सबैभन्दा धेरै संक्रमित हुनेको चौँथो नम्बरमा फ्रन्स रहेको छ । फ्रान्समा अहिलेसम्म १४७९६९ जनामा संक्रमण पुष्टी भइसकेको छ र १८६८१ जनाको मृत्यु भइसकेको छ । पाँचौँ नम्बरमा रहेको जर्मनीमा अहिलेसम्ममा १४१३९७ जनामा संक्रमण पुष्टी भइसकेको छ भने ४३५२ जनाको मृत्यु भइसकेको छ । त्यस्तै सातौँ नम्बरमा युके रहेको छ । युकेमा १०८६९२ मा संक्रमण पुष्टि भइसकेको छ भने १४५७६ जनाको मृत्यु भइसकेको छ । त्यस्तै कोरोनाको उद्गम देश मानिएको चिन सातौँ नम्बरमा रहेको छ । आठौँ नम्बरमा रहेको इरानमा ७९४९४ जनामा संक्रमण भइसकको छ र नवौँ नम्बरमा रहेको टर्कीमा ७८५४६ जनामा संक्रमण पुष्टी भइसकेको छ ।


धेरै मृत्यु हुने देशको १ नम्बरमा अमेरिका रहेको छ, दोस्रो इटली रहेको छ भने तेस्रो स्पेन रहेको छ । त्यस्तै चौँथोमा फ्रान्स रहेको छ भने पाँचौमा बेलायत रहेको छ । छौटौँमा बेल्जियम रहेको छ र इरान सातौँ स्थानमा रहेको छ ।

छिमेकी देश भारत धेरै संक्रमित हुने देशको १८ औँ नम्बरमा रहेको छ । भारतमा हालसम्ममा १४३५२ जनामा कोरोना संक्रमण पुष्टी भइसक्दा ४८६ जनाको मृत्यु भइसकेको छ भने २०४१ जनाले स्वास्थ्य लाभ समेत गरिसकेका छन् ।

नेपालमा पनि हालसम्ममा ३० जनामा कोरोना प्रमाणित भइसकेकोमा २ जना निको भइसेका छन् भने नेपालमा अहिलेसम्म कसैको पनि मृत्यु भएको छैन । संक्रमितहरूको स्वास्थ्य अवस्था समेत सामान्य रहेको छ । संक्रमित मध्ये १५ जना भारतीय नागरिक रहेको पुष्टी भएको छ । नेपालमा लकडाउन सुरुभइसकेपछि उनीहरू नेपाल प्रवेश गरेको पाइन्छ । उनीहरू सबै मुस्लिम मर्धका जमातीहरू रहेको पाइन्छ । उनीहरू धार्मिक संमेलनका लागि नेपाल आएको थिए ।

प्रतिक्रिया दिनुहोस