हे मान्छे !
सुन्नुस त,
हामी मान्छे हौँ भन्नू हाम्रो आफ्नै नामाकरण मात्र रहेछ ।
हामी त पृथ्वी रहेछौँ कोरोनाभाइरसको ।
सोच्नुहोस त !
हामी बाहिर लुत्रुक्क परेर मरेझैँ बनेर बसिदिने
ठूला पावरदार पहुँचवाला शक्तिमान र धनलक्ष्मी का अगाडि हामी मृत जस्तै हुन जानेका छौँ कुनै प्रतिकृया बिहीन भैदिन्छौँ ।
अनि जब आफ्नो कम्फर्ट र स्वार्थ पुग्छ तब
भित्र छिर्न पाएपछि उहीँ मृत हामी सेठ पल्टिने यही पृथ्वीमा घर बनाउने ।
आफ्ना सन्तान फैलाउने बढाउने ।

हाम्रा अङ्गप्रत्यङ्ग पनि कोरोनाभाइरसका लागि डाँडाकाँडा रहेछन ।
सन्तानले डाँडाकाँडा ढाकुन भन्ने आशिर्वाद सायद हजुरबा जिजुबा हरुबाट दशैँको टीका थाप्दा ।
उस्ले पनि त पाएको थियो होला ।

हामी कोरोनाभाइरसलाइ मात्र किन औलो ठडाउने ? सोचौँ त,
हामी पनि त पृथ्वीका कोरोनाभाइरस
(कोभिड 21th era ) हौँ नि।
धरती फोडेर किला र खाँबा, पिलर र बोरिङ गाडेर आफ्नो सहजताको घर बनाउछौँ।
धरतीकै अर्को अङ्ग काटेर झ्याल ढोका हाल्छौँ ।
धरतीकै कोख काटेर झिकेका स्टिल र फलाम हामीलार्इ नभै हुँदैन।
प्यारीलाई चमक्क बनाउने हिरा सुन पनि धरतीकै मुटु कलेजोसम्म चिरेर खोतलेर झिकेको हुँदै हो ।

कहिलेकाँही धरतिले गरेका ढ्याउ र जिरिङ लाइ हामिले आँधी र भुँइचालोको नाम दिएका छौँ ।
आत्तिन्छौँ रुन्छौँ कराँउछौँ मरौलाझैँ गर्छौँ ।
र हामी आफ्नै अस्तब्यस्तताले मर्छौँ ।

धरतीलाई ज्वोरो आएर निस्केको राप हामीलाइ हाम्रो गर्मी मौसम भन्छौँ ।
धरतीले पसशाप फेर्ने बेलामा पादेकोलाई हामी बिजुली चम्केर गडाङ गुडुङ गर्यो र पानी पर्‍यो भन्छौँ ।
धरतीको पिलो पाकेर लाभा निस्किँदा हामिलाइ ज्वालामुखी हुन्छ र पनि कल्पनासम्म गर्दैनौँ त हामीले धरतीको पीडा।

हामी डुकुहरुलार्इ दारी उम्रेन भने रोल नम्बर तीन भन्देलान भन्ने त्रास हुन्छ ।
झम्म पाल्न रहर नि लाग्छ ।
नानीहरुलाइ कपाल लामो नभेकोमा मन खिन्न हुन्छ भने धरतीका कपाल दारी हुन नि जङ्गल रुखहरु ।
हामी कोरोना भाइरसले किन चिल्याउने होला ती रुख बिरुवा ?

आफ्नै जिउको बेकामे गैरिखेतको झार उखालेझैँ डाँडाको जङ्गल फँडानी गरेझैँ ।

धरतीका पनि त ओखाल्दा फरक नपर्ने चारकोसे का हजुरबाउ जिजुबाउ चालिस्कोसे घना जङ्गल होलान त त्यताका रुख जिप्ट्याउ न ।

कति पनि कोसे नभएका सिलाखाला जङ्गलको बिचका दुई चार रुख काट्नु त पृथ्वी को जुङ्गा खुँडे पार्नुझैँ भैगो नि ।
बात कर्ते हो ?
पृथ्वीका कोरोनाभाइरस हामीलाई पृथ्वीले खुइय गरेर लामो सास तान्दा नि अत्यास लाग्छ भने हामी चाँही किन रुखका चरा उडाउने?
किन तरकारीका किरा मार्ने ?
किन बारीका सर्प मार्ने ।
हामी पृथ्वीको कोखामा खोपेर खजाना भन्दै चोरेर बेच्ने ।
स्याल आएर हाम्रो कुखुरी लाँदा किन स्याल मार्ने ?
हाक्काहाकी खोलाका पाप्रा ढुंगा चोरेर लान्छौँ रुखका हात परेला पात काटेर लान्छौँ ।
आफ्नै स्वार्थ पुराउन ।
त्यो बाघ र ती बिरुवा हामी हरेक जीव यौटै प्रकृति आमाका सन्तान हैनौँ ?
हामी सबै प्राणी एउटै घर पृथ्वी हैन ?
कस्लाई काको जरुरत पर्छ त्यस्लाइ मिलाइदिने मेकानिजम माताले जन्मजात दिएकी छन त।।

बढता जान्ने भएर हामीले अहिलेसम्म जे भोगिरहेका छौँ त्यसमा किन रुने कराउने त ?

हाम्रो पृथ्वीमा हक छ भने ।
सामान्य कुरा
तरकारीको पातमा लाइ किराको बस्ने हक छ।
जङ्गलमा जनावरहरुको बस्ने हक छ।
हामीले पृथ्वीमा घर बनाउन पाउँछौँ भने हाम्रा सन्तान फैलाँउछौँ भने कोरोनाभाइरसले पनि हामीमा घर बनाउने हक छ त।
हाम्रो लागि कोरोनाभाइरस तनाब भएझैँ हामी धरतीमा के के का लागि कति तनाबदायी हौँला ? सोचौँ कि ।


प्रकृतिले हामीलाई बनाइन बास दिइन बाँच्न चाहिने हावा पानी घाम जमिन माटो सबै सित्तैमा दिइन् ।
तर हामीले सबै कुराको व्यापार गरेकाछौँ ।
त्यो धरती चिरेर मुटुमा पुगेर किन सुन र हिरा चाँदी फलाम र दुनिया झिक्न परेको के हामिलाई ?
के त्यो धरतीको बिकार एपेन्डिक्स हुन सक्दैन र ? हामीले त्यस्लाई गहना सम्पत्ती मान्देको ?
आफुमा सबै प्राणी र सम्पूर्ण अस्तित्वप्रति प्रेम र रियलाइजेशनलाई किन हिरा भन्दा उच्च सम्पती मान्न सकेनौँ हामीले  ?
धरतीको सिँगान खकार पनि हाम्रा लागि पेट्रोल डिजल ?
ए बाबा हामीलार्ई हिड्नु पो किन परेको थियो ?
हाम्रो १ मान्छेको आरामको लागि गरेको बिकासले पृथ्वीका ९९ जीवहरुलाई असहज भएको छ त ।
वाह वाह मान्छे ।
भनेर साध्य छैन मान्छे त हामीले आफुले राखेको नाम हो।
कोरोनाभाइरस पनि हामीले राखेको हो ।
वास्तवमा हामी पृथ्वीमा बस्छौँ भने हामी पृथ्वीको कोरोना भाइरस हौँ र हामी कोरोनाभाइरसको पृथ्वी हौँ।

प्रतिक्रिया दिनुहोस