दमक । विश्व यतिखेर कोरोना संक्रमणका कारण आहत अवस्थामा छ । यतिबेला विश्वभरमा कोरोना संक्रमण हुनेको संख्या साढे २५ लाख नाघेको छ । बुधबार बिहानसम्ममा जम्मा संक्रमितको संख्या २५ लाख ५६ हजार ७४५ पुगेको छ ।


कोरोना संक्रमितको संख्या २५ लाख ५० नाघेसँगै संक्रमणबाट मर्नेहरूको संख्या पनि १ लाख ७५ हजार नाघेको छ । भने कोरोना संक्रमण भएर निको हुनेको संख्या पनि ६लाख ९० हजार नाघेको छ । बुधबार बिहानसम्ममा मृत्यु हुनेको जम्मा संख्या १७७६१९ पुगेको छ भने निको हुनेको जम्मा संख्या ६९०३९३ पुगेको छ । यसरी हेर्दा जम्मा संक्रमितको ६.९५ प्रतिश मृत्यु भएको देखिन्छ । त्यस्तै बन्द भइसकेका केशमा भने २० प्रतिशतको मृत्यु भएको छ र ८० प्रतिशतले स्वास्थ लाभ गरिसेका छन् ।

अहिले सम्मको अवस्थामा सबैभन्दा धेरै संक्रमितको संख्या अमेरिकामा देखिएको छ भने सबैभन्दा धेरैको मृत्यु पनि अमेरिकामै भएको छ । अमेरिकामा यो समाचार बनाउँदासम्ममा जम्मा संक्रमितको संख्या ८१८७४४ पुगेको छ । अमेरिकामा मृत्यु हुनेको संख्या ४५३१८ पुगेको छ । दोस्रो नम्बरमा रहेको स्पेनमा जम्मा संक्रमितको संख्या २०४१७८ पुगेको छ भने मृत्यु हुनेको संख्या २१२८२ पुगेको छ ।


स्पेनपछि इटली सबैभन्दा धेरै कोरोना संक्रमित भएको देशको रुपमा देखिन्छ । इटलीमा अहिलेसम्म संक्रमितको संख्या १८३९५७ पुगेको छ भने २४६४८ जनाको मृत्यु भइसकेको छ । पछिल्लो समयमा इटली र स्पेनमा दैनिक औसत बृद्धिदरमा केही कमी आएको देखिन्छ ।

सबैभन्दा धेरै मृत्यु हुनेको दोस्रो नम्बरमा इटली रहेको छ । सबैभन्दा धेरै संक्रमित हुनेको चौँथो नम्बरमा फ्रन्स रहेको छ । फ्रान्समा अहिलेसम्म १५८०५० जनामा संक्रमण पुष्टी भइसकेको छ र २०७९६ जनाको मृत्यु भइसकेको छ । पाँचौँ नम्बरमा रहेको जर्मनीमा अहिलेसम्ममा १४८४५३ जनामा संक्रमण पुष्टी भइसकेको छ भने ५०८६ जनाको मृत्यु भइसकेको छ । त्यस्तै सातौँ नम्बरमा युके रहेको छ । युकेमा १२९०४४ मा संक्रमण पुष्टि भइसकेको छ भने १७३३७ जनाको मृत्यु भइसकेको छ । त्यस्तै सातौँ नम्बरमा टर्की रहेको छ । टर्कीमा अहिले सम्ममा ९५५९१ जनामा संक्रमण देखिएको छ । अठौँ नम्बरमा रहेको इरानमा ८४८०२ जनामा कोरोना देखिएको छ । कोरोनाको उद्गम देश मानिएको चिन भने अहिले नवौँ नम्बरमा रहेको छ ।

धेरै मृत्यु हुने देशको १ नम्बरमा अमेरिका रहेको छ, दोस्रो इटली रहेको छ भने तेस्रो स्पेन रहेको छ । त्यस्तै चौँथोमा फ्रान्स रहेको छ भने पाँचौमा बेलायत रहेको छ । छौटौँमा बेल्जियम रहेको छ र इरान सातौँ स्थानमा रहेको छ ।

छिमेकी देश भारत धेरै संक्रमित हुने देशको १७ औँ नम्बरमा रहेको छ । भारतमा हालसम्ममा २००८० जनामा कोरोना संक्रमण पुष्टी भइसक्दा ६४५ जनाको मृत्यु भइसकेको छ भने ३९७५ जनाले स्वास्थ्य लाभ समेत गरिसकेका छन् ।

नेपालमा पनि हालसम्ममा ४२ जनामा कोरोना प्रमाणित भइसकेकोमा ४ जना निको भइसेका छन् भने नेपालमा अहिलेसम्म कसैको पनि मृत्यु भएको छैन । संक्रमितहरूको स्वास्थ्य अवस्था समेत सामान्य रहेको छ । संक्रमित मध्ये २४ जना भारतीय नागरिक रहेको पुष्टी भएको छ । नेपालमा लकडाउन सुरुभइसकेपछि उनीहरू नेपाल प्रवेश गरेको पाइन्छ । उनीहरू मुस्लिम मर्धका जमातीहरू रहेको पाइन्छ । उनीहरू धार्मिक संमेलनका लागि नेपाल आएको थिए ।

प्रतिक्रिया दिनुहोस