दमक । कोरोनाको महामारीले विश्व यतिखेर लगभग कोमामा छ । अधिकांश देशहरू लकडाउनमा छन् । विश्वको शेयर बजार शुन्यमा झरेको छ, अर्थतन्त्र नकरात्मक अवस्थामा पुग्दै छ । र विश्वभरमा कोरोना संक्रमण हुनेको संख्या साढे ३० लाख नाघेको छ । मंगलबार दिउँसोसम्ममा जम्मा संक्रमितको संख्या ३० लाख ६६ हजार ४१७ पुगेको छ ।


कोरोना संक्रमितको संख्या ३० लाख ६६ नाघेसँगै संक्रमणबाट मर्नेहरूको संख्या पनि २ लाख १० हजार नाघेको छ । भने कोरोना संक्रमण भएर निको हुनेको संख्या पनि ९ लाख २० हजार नाघेको छ । मंगलबार दिउँसोसम्ममा मृत्यु हुनेको जम्मा संख्या २११६६३ पुगेको छ भने निको हुनेको जम्मा संख्या ९२३४४८ पुगेको छ । यसरी हेर्दा जम्मा संक्रमित संख्याको ६.९ प्रतिश मृत्यु भएको देखिन्छ । त्यस्तै बन्द भइसकेका केशमा भने १९ प्रतिशतको मृत्यु भएको छ र ८१ प्रतिशतले स्वास्थ लाभ गरिसेका छन् ।

अहिलेसम्मको अवस्थामा सबैभन्दा धेरै संक्रमितको संख्या अमेरिकामा देखिएको छ भने सबैभन्दा धेरैको मृत्यु पनि अमेरिकामै भएको छ । अमेरिकामा यो समाचार बनाउँदासम्ममा जम्मा संक्रमितको संख्या १०१०५०७ पुगेको छ । अमेरिकामा मृत्यु हुनेको संख्या ५६८०३ पुगेको छ । दोस्रो नम्बरमा रहेको स्पेनमा जम्मा संक्रमितको संख्या २२४२२ पुगेको छ भने मृत्यु हुनेको संख्या २३५२१ पुगेको छ ।

स्पेनपछि इटली सबैभन्दा धेरै कोरोना संक्रमित भएको देशको रुपमा देखिन्छ । इटलीमा अहिलेसम्म संक्रमितको संख्या १९९४१४ पुगेको छ भने २६९७७ जनाको मृत्यु भइसकेको छ । पछिल्लो समयमा इटली र स्पेनमा दैनिक औसत बृद्धिदरमा निक्कै कमी आएको देखिन्छ ।


सबैभन्दा धेरै मृत्यु हुनेको दोस्रो नम्बरमा इटली रहेको छ । सबैभन्दा धेरै संक्रमित हुनेको चौँथो नम्बरमा फ्रन्स रहेको छ । फ्रान्समा अहिलेसम्म १६५८४२ जनामा संक्रमण पुष्टी भइसकेको छ र २३२९३ जनाको मृत्यु भइसकेको छ । पाँचौँ नम्बरमा रहेको जर्मनीमा अहिलेसम्ममा १५८७५८ जनामा संक्रमण पुष्टी भइसकेको छ भने ६१२६ जनाको मृत्यु भइसकेको छ । त्यस्तै छैटौँ नम्बरमा युके रहेको छ । युकेमा १५७१४९ मा संक्रमण पुष्टि भइसकेको छ भने २१०९२ जनाको मृत्यु भइसकेको छ । त्यस्तै सातौँ नम्बरमा टर्की रहेको छ । टर्कीमा अहिले सम्ममा ११२२६१ जनामा संक्रमण देखिएको छ । आठौँ नम्बरमा रहेको इरानमा ९१४७२ जनामा कोरोना देखिएको छ । नवौँ नम्बरमा रसिया रहेको छ । रसियामा हालसम्ममा ८७१४७ जनामा कोरोना पुष्टी भएको छ । र कोरोनाको उद्गम देश मानिएको चिन भने अहिले दशौँ नम्बरमा रहेको छ ।

धेरै मृत्यु हुने देशको १ नम्बरमा अमेरिका रहेको छ, दोस्रो इटली रहेको छ भने तेस्रो स्पेन रहेको छ । त्यस्तै चौँथोमा फ्रान्स रहेको छ भने पाँचौमा बेलायत रहेको छ । छौटौँमा बेल्जियम रहेको छ र जर्मनी सातौँ स्थानमा रहेको छ ।

छिमेकी देश भारत धेरै संक्रमित हुने देशको १५ औँ नम्बरमा रहेको छ । भारतमा हालसम्ममा २९४५१ जनामा कोरोना संक्रमण पुष्टी भइसक्दा ९३९ जनाको मृत्यु भइसकेको छ भने ७१३७ जनाले स्वास्थ्य लाभ समेत गरिसकेका छन् ।

नेपालमा पनि हालसम्ममा ५२ जनामा कोरोना प्रमाणित भइसकेकोमा १६ जना निको भइसेका छन् भने नेपालमा अहिलेसम्म कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । संक्रमितहरूको स्वास्थ्य अवस्था समेत सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस