डब्लु.एच.ओ.ले अमेरिकालाई कोरोनाको जोखिममा परेको देश भनेर लकडाउन गर्न भनेको थियो । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले “अमेरिका बन्द गर्न बनेको देश होइन” भन्दै लकडाउन गर्न इन्कार गरे । अमेरिकामा बिस्तारै कोरोनाको महामारी मच्चियो । जनताहरू अतालिए । ट्रम्पको चर्को विरोध भयो । ट्रम्पले नमान्दा नमान्दै पनि लगभग अघोषित रुपमा लकडाउन सुरु भयो । बुझ्ने मानिसहरू घरबाहिर आउन छाडे । तर कोरोना फैलिन छोडेन । दैनिक ३० हजारभन्दा माथिको संख्यामा थपिँदै गयो । ट्रम्प कहिले चिनलाई गाली गर्न थाले त कहिले डब्लु.एच.ओ.लाई । उनले विश्व स्वास्थ्य संगठनलाई दिँदैआएको सहयोग पनि रोकिदिए । ठुला कम्पनीहरूले कामदारलाई घरमै बसेर काम गर्नु भने । अघोसित रुपमा लकडाउन हुँदै आयो । ट्रम्पका समर्थकहरू बन्दुक बोकेर लकडाउनको विरोध गर्न सडकमा आए । ट्रम्पले उनीहरूको समर्थन गरे । तर अमेरिकामा कोरोना फैलिन छोडेन । तिनै बन्दुक बोकेर सडकमा आएकाहरूमध्ये पनि धेरैलाई कोरोना भएपछि उनीहरू पनि चुप लाग्न बाध्य भए ।

डब्लु.एच.ओ. ले नेपाललाई कोरानाको उच्च जोखिम रहेको देश घोषणा ग¥यो । जतिबेला डब्लु.एच.ओ. ले नेपाललाई कोरोनाको उच्च जोखिममा रहेको देश भनेर घोषणा ग¥यो त्यतिबेला नेपालमा एकजनामा मात्रै कोरोना देखिएको थियो । ती कोरोना देखिएका मानिस पनि निको भइसकेका थिए । डब्लु.एच.ओ. ले नेपाललाई कोरोनाको उच्च जोखिम यसकारण भनेको थियो कि, कोरोनाको उद्गम देश चिन नेपालको सबैभन्दा नजिकको देश हो र कोरोना तिब्र गतिमा फैलिँदै गरेको देश भारतसँग नेपालको खुल्ला सिमाना छ । यसकारण डब्लु.एच.ओ. ले नेपाललाई लकडाउन गर्न अनुरोध ग¥यो । नेपालमा लकडाउन सुरु हुँदा जम्मा १ जनामा मात्रै कोरोना पुष्टि भएको थियो । लकडाउन सुरु भएकै दिन केरोनाको दोस्रो केश पुष्टि भएको हो । जब नेपालमा लक डउन भयो । सुरुमा नेपालको लकडाउन संसारकै नमुना र अनुशासित देखियो । नगारपालिकाका मेयरहरू भाटा बोकेर सडकमा निस्किए । प्रहरीहहरूले ट्रयाप स्टिकको प्रयोग गरेर लकडाउनको नमून नै प्रस्तुत गरे । नेपालको यो लकडाउनलाई संसारले हे¥यो । भारत, चिन र अन्य देशका मिडियाहरूले नेपाल पुलिसले प्रयोग गरेको तरिकाको खुब प्रशंसा गरे ।


विकसित देशहरूमा भुसको आगो जसरी कोरोना फैलिरहेको, इटली र स्पेन जस्ता सम्पन्न मुलुकहरूमा कोरोनाका कारण मृत्यु हुनेहरूका लास उठाउने मान्छे नभएका समाचारहरू छ्याप्छ्याप्ती आए । नेपाली जनताहरू पनि त्यस्तो हुनुभन्दा बरु भोकै बस्ने हिम्मत कसिरहेका थिए । लकडाउन सुरु भएको ठिक १ महिनासम्ममा नेपालमा ४८ जनामा मात्रै कोरोना देखिएको थियो । त्यो पनि भारतबाट लुकीलुकी नेपाल आएका जमातीहरूका कारण । नेपालमा बैसाख २५ गतेसम्मलाई लकडाउन तोकिएकै थियो । त्यातिबेलासम्म स्थानीयहरूमा कोरोना देखिएको थिएन । यो सबैको मूल्याङ्कन गरिरहेको डब्लु.एच.ओ. ले नेपाललाई उच्च जोखिमबाट १ स्थान सहुलियत दिँदै जोखिमको स्थानमा राख्यो । नेपाल सरकार हौसियो । हामीले लगभग कोरोनालाई जित्यौँ सोच्यो ।

उता विश्वका कोरोनाको जोखिम मोलिरहेका देशहरूले नागरिकहरूलाई प्रोत्साहन गर्न थुप्रै पारदर्शी सुविधाहरू ल्याए । अमेरिकाले २० खर्ब डलरको राहत प्याकेज ल्याउँदै प्रतिव्यक्ति १ हजार डलरका दरले उपलब्ध गरायो । साथै जोखिम अवधीभरका लागि घरभाडा मिनाहा र बैँकको ऋणको ब्याज मिनाहाको स्किम ल्यायो। क्यानडामा त्यो भन्दा पहिला नै बैँकले कोरोना कहर अवधीको ऋणको ब्याज नअशुल्ने निर्णय गरेको थियो । स्पेनले सबै निजी अस्पतालहरूलाई सरकारीकरण गर्दै जनताका लागि विभिन्न सुविधाका प्याकेजहरू ल्यायो ।

यी समाचार पढिरहेका नेपाली जनता नेपाल सरकारले यो बारेमा केही हेर्ला भनेर चुप लागेर बसेका थिए । तर नेपाल सरकार त कुर्सीको कपर्दी खेल्न पो थाल्यो ठिक त्यसै बेला । यो कुराले पुष्टी गर्छ कि, नेपालका नेताहरूको चेतनाको स्तर, उनीहरू भित्र निहित मानवीयता, स्वार्थीपनाको हद र सत्ता लोलुपता ।


जनताहरू निराश भए । उनीहरू सोच्न थाले हामीलाई घरमा थुनेर सरकारले फुर्सद पायो । ठीक यसैबेला राष्ट्र बैँकले ऋणको ब्याजको निर्णय सुनायो । ऋणको अन्तिम चौमासिकको ब्याजमा २ प्रतिशत छुट गरेर अशुल्नु भनेर । बैँकबाट ऋण लिएकाहरूको टाउकोमा बज्र प¥यो । २ महिनादेखि काम नगरी बसेको मानिसले कसरी तिर्न सक्छ ब्याज ? कहाँबाट आउँछ पैसा ? रातदिन व्यवसाय चलिरहेको बेला त ऋणको किस्ता तिर्नेदिन निद्रा नलाग्ने अवस्थामा रहेका व्यापारी व्यावसायीहरूले कहाँबाट ल्याएर तिर्न सक्छन् ? राष्ट्र बैँकले त जनतालाई क्वाँ ! पारिदियो । एउटा कसाइले खसीलाई घाँस देखाउँदै बधशालामा लगेजस्तो भयो । यहाँ घाँस २ प्रतिशत छुट, ऋणीहरू खसी र बैकहरू कसाइ ।

नेपालमा कोरोना फैलिनुमा सबैभन्दा धेरै दोष राष्ट्र बैकको यही निर्णयको हो । बैसाख २५ गतेसम्म निर्धारण गरेको लकडाउन लगभग हप्ता दश दिन बाँकी थियो । जनताहरूमा भुटभुटीको पारो ९० डिग्रीमा पुगिसकेको थियो । कारण राष्ट्र बैकको यही निर्णय थियो । ठीक त्यसै बेला डब्लु.एच.ओ.ले पनि नेपाललाई कोरोनाको उच्च जोखिमको सूचीबाट हटाएर जोखिमको सूचीमा राख्यो । सरकारले ४४ प्रकारका व्यवसाय संचालन गर्ने निर्णय ग¥यो । यो सँगै देशका सबै व्यवसायहरू र पसलहरूले अघोसित रुपमा लकडाउन खुल्ला गरे ।

सबै जनतालाई अनुशासित भएर लकडाउनमा बसाउनको लागि राज्यका सबै अंगहरूले त्यसका सीमाहरूको मूल्याङ्कन गर्न सक्नुपर्छ । एउटा निकायले तन्काउने र अर्को निकायले छप्काउने हो भने जनता बाँच्छन् कसरी ?

नेपालमा बैँकहरूको संगठन छ । त्यसमा सबै बैँकहरू सामेल छन् । देशभरका बैँकका ग्राहकहरूको कारोबार शुन्य भएपछि पानीबिनाको माछा जस्तै भएका छन् । ग्राहकले तिर्न सकेन भने ग्राहकलाई कालो सूचीमा राख्न सक्ने बैँकहरूले ग्राहलाई आपत पर्दा सहयोगी बन्नुपर्छ कि पर्दैन ? अब बैँकहरू माथि यो नैतिक प्रश्न टट्कारो रुपमा खडा भएको छ । बैँकका अन्नदाता नै ग्राहक हुन् । किन यस्तो बेला जड बनिरहेका छन् ? यस्तो बेलामा बैकहरूले तत्काल केही निर्णय गरेर सरकारलाई सहयोग गर्नुपर्छ कि पर्दैन ? ग्राहकहरूले काम गर्न नपाएर बसेको बेलाको अवधीको पनि बैँकहरूले ब्याज लिनु ग्राहकहरूमाथि अन्याय ममात्रै होइन अत्याचार हुन जान्छ । ग्रहकहरूले यो बिचमा कमाउन नपाउने तर बैँकहरूको भने कमाइ भइरहने ? यो कहाँसम्मको मानवीयता हो ?

एउटा प्रशंग बैँकहरूको यही तनाबका कारण मानिस लुकिछिपी कारोबार संचालन गर्न थाल्यो । तर उलाई कोरोना लाग्यो र उसको ज्यान तलमाथि भयो भने बैँकले त धितोबाट पनि आफ्नो पैसा अशुल्छ । त्यो घरबार त बर्बाद भयो नि ! बैँकहरूले त्यो ज्यान फिर्ता गर्न सक्छन् ?

जनतालाई यतिबेला खान लाउनकै तनाब छ । नहुनेहरूसँग त सुरुदेखि नै खाने र लाउने थिएन तर अलिलि हुनेहरूसँग भएको पनि अब सकिँदै गएको छ । तनाब त अब झन बढ्नेवाला छ । नेताहरूलाई खान र लाउनको कुनै तनाब छैन । कुनै पनि पद पाएको केही महिनामा नै उनीहरूले केही पुस्तालाई पुग्ने सम्पति जोडिसकेका हुन्छन् । उनीहरूको केही बिग्रिँदैन । भोकै पर्नुपर्ने र मर्नुपर्ने भनेको गरिब जनताले नै हो ।


हाम्रो देशमा अर्थमन्त्री अर्थ विज्ञ छन् । उनी अर्थतन्त्रका निक्कै ठुला झाँक्री पनि हुन् । तर उनमा पनि जनताहरूप्रतिको उत्तरदायित्व लगभग शुन्य बराबर नै देखियो । उनी भन्छन “राहत चाहिएको हो भने कर तिर” यो कस्तो खालको उत्तरदायित्व हो ? संकटको बेलामा यसो भन्नु भनेको त सिद्धै तिमी जनताहरू मर्दा हामीले श्राद्ध गर्नुपर्दैन भने जस्तै होइन र ? यो बेला यसै भन्ने बेला हो ? यो त मानवता बचाउने बेला हो । मानव जीवनको रक्षा गर्ने बेला हो । “हामी जनतालाई भोकै मर्न दिँदैनौँ, यो देशका जनता भनेका हाम्रा सन्तान हुन्, हामी यो मानवताको रक्षाका लागि हर प्रयास गर्छौँ” भन्ने बेला हो ।

अब के भन्न किन्छ भने, नेपालमा कोरोना दिनको एक सयका दरले बृद्धि हुने अवस्थामा आउनुमा अव्यवस्थित सिमाना, राष्ट्र बैँकको २ प्रतिशतवाला छारो, अर्थमन्त्रीको करवाला गैरजिम्मेवार अभिव्यक्ति र नेकपाको कुर्सी कपर्दी जिम्मेवार छन् ।

यति विश्लेषण गरिसकेपछि राष्ट्र बैँक र अर्थमन्त्रीप्रति गहन प्रश्न उठ्छ, यदि यही त्रासले जनतामा आएको विचलनको कारण नेपालको जनसंख्याको १ प्रतिशतमा मात्रै कोरोना संक्रमण पुष्टी भयो भने त्यतिबेला हुन आउने आर्थिक बोझको तौल कतिको गरुङ्गो हुन्छ ? लेखा जोखा गर्न भ्याएको छ ? बैकका कर्मचारी पनि यो देशका जिम्मेवार नागरिकहरू हुन्, उनीहरू पनि होटल कर्मचारीहरू जस्तै बेतलबी बिदा बस्न सक्छन् । सीमित कर्मचारी मात्रै राखेर अति आवश्यक भन्दा अरु काम बन्द गरेर चहलपहल घटाउन जरुरी छ । अवस्था सजिलो भएपछि सबैले यथास्थानमै बसेर काम गर्नुपर्छ । यो समय जनताको टाउकोमा ऋणको ब्याजको रिङ्गटा नघुमाइयोस्, यसले सिंगो मानवतालाई चुनौति दिन सक्छ ।

प्रतिक्रिया दिनुहोस