सडकमा उभरको यात्रामा छु । साथमा दुर्गाजी, छोरा डा. अभिचन्द्र र सहकर्मी भाइ विक्रम कार्की छन् ।

सडकको चौडाईमा चारचार पङ्क्तिमा सवारीहररूछन् । एकतर्फी गुडिरहेका । अर्को पट्टी डिभाइडरले छुट्याएको छ । सडक हाम्रो विपरीत दिसामा सलल बगेकोछ । सडकको दुबै किनारमा सघन हरियाली छ । कतै आँप सेताम्य फुलेको छ । कतै सिमल रक्ताम्य छ । पृष्ठमा गगनचुम्बी भवनहररूले “कहिले हो यो आगमन ओ पहाडको मान्छे !” भनेझैँ लाग्छ । लाग्छ उनीहररू साउती मारिरहेछन् र सोधिरहेछन् ।

डिभाईडरमाथि मुस्कुराइरहेको हरियाली छ । सफा आकाशमुनि धुलो रहित नयाँदिल्ली मसित हिडिरहेछ ।

सडकबीच डिभाइडरको निलो साडीको बोर्डर जस्तो । त्यो किनारा छेउ उभिएर ईन्दिरा गान्धी त कहिले शीला दीक्षितको देविप्यमान मुहारले “दिल्लीमे आपकी स्वागत है” भने जस्तो लाग्छ । बारम्बार ।

केजरीवालले “क्या ढुंड रहे हो जी !” कानको छेउ तातो बतास भएर गए जस्तो लाग्छ।

म आँप फुलेको बेलामा राताम्य सिमल फुलेको बेलामा दिल्ली आएकोछु । मनमा एउटा नौलो अनुभूतिले सलबल सलबल गर्न थालेको छ।

छिनछिनमा म गाउँ, घर र देश सम्झिरहेको छु ।

मेरो शिरमाथि ओभरहेड ब्रिजमा मेट्रो रेलले बेसकन गुड्दै सोधेको छ “तिम्रो काठमाडौंमा मलाई कहिले निम्ताउछौ ?” खिसिट्युरी उसको यो पछिसम्म बिझिरहेको छ मलाई । एउटा अव्यक्त पीडाले यो मनमा बास भेटे जस्तो।

 

क्रमशः……
(च‌ैत्र ८, २०७६ नयाँदिल्ली, भारत)

प्रतिक्रिया दिनुहोस