उर्लाबारी । मोरङको उर्लाबारी–मधुमल्ला सडक खण्डका खाल्डाखुल्डी पुरिएको छ । उर्लाबारी चौकदेखि महेश चौकसम्म खाल्डाखुल्डी पुरिएको हो । उर्लाबारी–१ स्थित सिद्धार्थ, पूर्वेली र पञ्चेश्वर क्रसर उद्योगले खाल्डाखुल्डीलाई मर्मत सम्भार गरिएको पूर्वेली क्रसरका सञ्चालक गोविन्द भट्टराईले जानकारी दिनुभयो ।

खाल्डाखुल्डी र धुलोधुवाले गर्दा स्थानीयबासी समस्या परेको गुनासो आएपछि क्रसर ब्यवसायीहरुले उक्त कार्य गरेका छन् । नियमित रुपमा खाल्डाखुल्डी पुर्दै आएको क्रसर ब्यवसायीहरुले बताएका छन् । टिपर आंतक सिर्जना भएको भन्दै केही दिन अघि स्थानीयले विरोध जनाएका थिए ।

हिजो टिपर ब्यवसायी संघले पत्रकार सम्मेलन गरी काम गर्ने वातावरण तयार गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस