दमक । कोरोनाको महामारीको हाहाकार विश्व झन्झन् बिकट हुँदैछ । अधिकांश देशहरू लकडाउनमा छन् । विश्वको अर्थतन्त्र डामाडोल भएको छ । र विश्वभरमा कोरोना संक्रमण हुनेको संख्या झण्डै ५२ लाख पुगेको छ । शुक्रबार बिहानसम्ममा जम्मा संक्रमितको संख्या ५१ लाख ९४ हजार ५७४ पुगेको छ ।


कोरोना संक्रमितको संख्या ५२ लाख हाराहारी पुगेसँगै धेरै कुरामा परिवर्तन आएका छन् । सुरुमा अत्यन्तै आक्रन्त देशहरूले बिस्तारै खुट्टा टेक्दैछन् भने धेरैपछि संक्रमण हुन थालेका देशहरू थला पर्दै गइरहेका छन् । यो बेलासम्ममा संसारभरको जम्मा संक्रमित संख्याको ३१.२० प्रतिशत संक्रमित त अमेरिकामा मात्रै पुगेका छन् । विश्व स्वास्थ्य संगठनले लकडाउन गर्न अनुरोध गर्दै गर्दा लकडाउन आवश्यक छैन भन्ने देशहरू अहिले सबैभन्दा धेरै संक्रमित छन् । यो तालिकामा रुस संसारकै दास्रो नम्बरमा रहेको छ र ब्रजिल तेस्रो नम्बरमा रहेको छ ।
संक्रमणबाट मर्नेहरूको संख्या पनि ३ लाख ३४ हजार नाघेको छ । भने कोरोना संक्रमण भएर निको हुनेको संख्या पनि २० लाख ८१ हजार नाघेको छ । शुक्रबार बिहानसम्ममा मृत्यु हुनेको जम्मा संख्या ३,३४,६२१ पुगेको छ भने निको हुनेको जम्मा संख्या २०,८१,५११ पुगेको छ । यसरी हेर्दा जम्मा संक्रमित संख्याको ६.४४ प्रतिश मृत्यु भएको देखिन्छ । त्यस्तै बन्द भइसकेका केशमा भने १४ प्रतिशतको मृत्यु भएको छ र ८६ प्रतिशतले स्वास्थ लाभ गरिसेका छन् । यसरी हेर्दा भने सुरुवाती दिनहरूको तुलनामा मृत्युदर घटेको देखिन्छ । सुरुवाती दिनमा मृत्यु हुनेको प्रतिशत २१ प्रतिशत सम्म थियो ।
अहिलेसम्मको अवस्थामा सबैभन्दा धेरै संक्रमितको संख्या अमेरिकामा देखिएको छ भने सबैभन्दा धेरैको मृत्यु पनि अमेरिकामै भएको छ । अमेरिकामा यो समाचार बनाउँदासम्ममा जम्मा संक्रमितको संख्या १६,२०,९०२ पुगेको छ । अमेरिकामा मृत्यु हुनेको संख्या ९६,३५४ पुगेको छ । दोस्रो नम्बरमा रहेको रसियामा जम्मा संक्रमितको संख्या ३,१७,५५४ पुगेको छ भने मृत्यु हुनेको संख्या ३,०९९ पुगेको छ । रसियामा अरुदेशमो तुलानामा संक्रमितको अनुपातमा निक्कै थारैको मृत्यु भएको छ ।
रसियापछि ब्राजिल सबैभन्दा धेरै कोरोना संक्रमित भएको देशको रुपमा देखिन्छ । ब्राजिलमा अहिलेसम्म संक्रमितको संख्या ३,१०,९२१ पुगेको छ भने २०,०८२ जनाको मृत्यु भइसकेको छ ।
सबैभन्दा धेरै संक्रमित हुनेको चौँथो नम्बरमा स्पेन रहेको छ । स्पेनमा अहिलेसम्ममा २,८०,११७ जनामा कोरोना पुष्टी भएको छ । स्पेनमा २७,९४० जनाले ज्यान गुमाइसकेका छन् । धेरै संक्रमित हुनेको पाँचौँ नम्बरमा रहेको युकेमा २,५०,९०८ जनामा पुष्टी भइसकेको छ । युके सबैभन्दा धेरै मृत्यु हुनेको दोस्रो नम्बरमा रहेको छ । युकेमा अहिलेसम्ममा ३६,०४२ जनाको मृत्यु भइसकेको छ । धेरै संक्रमण हुनेको छैटौँ नम्बरमा इटली आइपुगेको छ । हालसम्ममा इटलीमा जम्मा २,२८,००६ जनामा संक्रमण भएको छ । सुरुमा कोरोनाले हाहाकार मच्चाएको देश पनि हो इटली । पछिल्लो समय स्पेन र इटलीले कोरोनालाई आफ्नो नियन्त्रणमा लिइसकेको छ ।
धेरै संक्रमित हुनेको सातौँ नम्बरमा रहेको फ्रान्समा अहिलेसम्म १,८१,८२६ जनामा संक्रमण पुष्टी भइसकेको छ र २८,२१५ जनाको मृत्यु भइसकेको छ । आठौँ नम्बरमा रहेको जर्मनीमा अहिलेसम्ममा १,७९,०२१ जनामा संक्रमण पुष्टी भइसकेको छ भने ८,३०९ जनाको मृत्यु भइसकेको छ । त्यस्तै नवौँ नम्बरमा टर्की रहेको छ । टर्कीमा १,५३,५४८ मा संक्रमण पुष्टि भइसकेको छ भने ४२४९ जनाको मृत्यु भइसकेको छ । दशौँ नम्बरमा रहेको इरानमा १,२९,३४१ जनामा कोरोना देखिएको छ । एघारौँ नम्बरमा छिमेकी राष्ट्र भारत रहेको छ । भारतमा हालसम्ममा ११८२२६ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ । भारतमा मर्नेको संख्या ३५८४ पुगेको छ । र कोरोनाको उद्गम देश मानिएको चिन भने अहिले तेरौँ नम्बरमा रहेको छ ।
धेरै मृत्यु हुने देशको १ नम्बरमा अमेरिका रहेको छ, दोस्रो युके रहेको छ भने तेस्रो इटली रहेको छ । त्यस्तै चौँथोमा फ्रान्स रहेको छ भने पाँचौमा स्पेन रहेको छ । छौटौँमा ब्राजिल रहेको छ र बेल्जियम सातौँ स्थानमा रहेको छ ।
नेपालमा पनि हालसम्ममा ४८७ जनामा कोरोना प्रमाणित भइसकेकोमा ४९ जना निको भइसेका छन् भने नेपालमा अहिलेसम्म ३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस