उर्लाबारी । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि खटिरहेका सुरक्षाकर्मीका लागि समाजसेवी उर्लाबारी ८ बालबिसौनी निवासी कमल लिङ्थेपले स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

इलाका प्रहरी कार्यालय उर्लाबारीमा खटिएका प्रहरी तथा सुरक्षाकर्मीका लागि हाल हङकङकमा रहेरका लिङ्थेपले पाँच हजार बराबरको स्यानिटाइजर, मास्क र ग्लोबस सहयोग गरेका हुन् । लकडाउनको समयमा दिनरात सुरक्षामा खटिएका प्रहरी तथा सुरक्षाकर्मीको स्वास्थ्यलाई ध्यानमा राखी स्वास्थ्य सामग्री सहयोग गरेको लिङथेपले फोन सम्पर्कबाट जानकारी गराएका छन् ।

यसअघि पनि लिङथेपले हङकङकमा रहेर पनि नेपालमा विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस