उर्लाबारी । लामो समयदेखि भैरहेको लकडाउनका कारण विपन्नको दैनिकी कष्टकर बनेपछि यूवा समाजसेवी कर्ण भुजेलको पहलमा राहत बितरण गरिएको छ ।

 

सरकारले एकद्वार नीति अख्तियार गरेपनि स्थित भयावह बनेपछि उर्लाबारी ७ घर भई हाल कोरियामा बस्दै आएका भुजेलको सहयोगमा राहत वितरण गरिएको हो ।

उर्लाबारी वडा नम्बर ६ का आर्थिक अवस्था अत्यन्तै दयनीय भएका १५ घर परिवारलाई विशेष प्याकेज सहितको राहत वितरण गरिएको हो ।

सामाजिक दुरि कायम राखेर प्रत्येक परिवारलाई २५ केजी चामल, १ केजी नुन, १ पोका तेल, १ केजी दाल सहितको राहत वितरण गरिएको हो । विदेशमै भएर पनि लकडाउनका कारण उत्पन्न भएको समस्यालाई मध्यनजर गर्दै उनले आर्थिक सहयोग पठाएर राहत वितरण गरेका हुन् ।

दैनिक ज्यालादारी गरेर आफ्नो अनि परिवारको पेट पाल्दै आएका परिवारलाई लकडाउनका कारण संकट उत्पन्न भएको महशुस गरेर अत्यावश्यक राहत वितरण गरेको उनले बताए । आगामी दिनमा पनि यस्तो खालको सामाजिक कार्यहरुमा सदैव लाग्ने प्रतिवद्धता जनाउदै सबैले सकेको सहयोग गरेर भोका पेटहरुलाई खाना खुवाउन मद्दत गरौं भनेर पनि उनले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस