दमक । राजधानीभन्दा बाहिर रहेका र आफ्नो कला र गलाले सिंगो नेपालीको ध्यान आफुतिर तानिरहेका नवकलाकारहरूको सख्या बढिरहेको छ । एक समय थियो, आफ्नो परिचय बनाउनका लागि काठमाण्डौ पुग्नुपथ्र्यो र सयौँ पटक आफूलाई परीक्षको आहुतीमा होम्नुपथ्र्यो र खाली हात फर्किनुपथ्र्यो । मिडियाहरू थिएनन् । सिमित रहेका मिडियाहरूले नयाँ कलाकारहरूलाई र नयाँ प्रतिभाहरूलाई भाउ नै दिँदैन थिए ।

ब समय उल्टिएको छ । नयाँ सम्भावनाहरूले पनि प्रसस्तै ठाउँ पाइरहेका छन् । हरेक क्षेत्रमा प्रतिस्पर्धा भए पनि अवसर पनि त्यति नै छन् ।

पछिल्लो समय आफ्नो कला र स्वारका कारण राम्रो परिचय बनाउँदै आएकी नव कलाकार रचना रिमाल सामाजिक संजाल मार्फत परिचय बनाउन सफल कलाकार हुन् । झापाको भद्रपुर देखिको उनको परिचय बिस्तार हुँदै नेपाल आइडलको मन्चसम्म पुग्यो र त्यहाँ पनि राम्रो छाप छोड्न सफल रहिन रचना ।

यही गायनको क्रममा रचना रिमालले स्वर दिएको अर्को एउटा गीतको अफिसियल म्यूजिक भिडियो सार्वजनिक भएको छ । “कोसँग बोलुँ ?” बोलको उक्त गीतको शब्द रहेको छ कृष्णउदाशीको, संगीत रहेको छ गौरभ दर्पणको र संगीत संयोजन रहेको छ नोबु शेर्पाको ।

पर्पल स्टुडियोमा रेकर्ड भएको उक्त गीतको निर्देशन तथा छायाङ्कन बिबेक हिङ्माङले गरेका हुन् । एलिशा पोख्रेल र छवि श्रेष्ठको मुख्य भूमिका रहेको उक्त गीतको म्युजिक भिडियो युवा मन नेपाल युट्युव च्यानबाट सार्वजनिक भएको छ । गीत सार्वजनिक भइसकेपछि राम्रो प्रतिक्रिया आइरहेको रचना रिमालले बताएकी छिन् ।

गीतको लिङ्क

 

 

प्रतिक्रिया दिनुहोस