सरिता गिरी नेपाली होइनन् उनी भारतीय नै हुन्, उनको नशामा भारतकै रगत बगेको छ । उनी भारतकै हित चिताउँछिन् । सरिता गिरी त बजारमा देखिएको एउटा प्रतिनिधि मात्रै हो । यो प्रवृत्ति हो, नक्कली नेपाली नागरिकता भएकाहरू र अंगिकृत नागरिकतावालाहरूको एउटै मिशन हो सरिता गिरी मिशन ….! त्यो भनेको कि नेपाललाई हिन्दूस्तानको एउटा प्रान्त बनाउने? कि मधेशलाई टुक्राएर छुट्टै देश बनाउने ? केही सिप नचले अंगिकृत नागरिकलाई पनि बंशज नागरिकको झैं राज्यको उच्च अंगमा जानपाउने हक सुनिश्चित गर्ने र नेपालको राष्ट्रपति, प्रधानमन्त्री, सेना, प्रहरी लगायत सबैतिर कब्जा गर्ने । त्यसो हुँदा नाम नेपाल नै रहन्छ झण्डा यही हुन्छ तर नेपालीहरू आफ्नै देशमा दोस्रो दर्जाको नागरिक भएर बस्नुपर्ने हुन्छ ।

 

प्रश्न सरिता गिरीले किन संसदमा हिन्दीमा बोलिन् भन्ने होईन । प्रश्न सभामूखले किन हिन्दीमा बोल्न दिए ? त्यत्रा सबैपार्टीका नेता कार्यकर्ताले देशद्रोही मन्तव्य सुने, कसैले पनि किन बहिष्कार गरेन ? भन्ने हो । प्रश्न संसदभित्र भारतको पक्षपोषण गरी नेपाली भूमि भारतको हो भन्दा किन केही कारवाहीसम्म भएन भन्ने हो ? बाहिरबाट हामीले देख्दा कसैले दौरा सुरूवाल लगाएका छन्, कसैले टाइशुट लगाएका छन्, कसैले फरिया चोली लगाएका छन् तर त्यही संसदभित्र कयौं सरिता गिरीहरू छन्, राजनैतिक पार्टीहरू भित्र सयौं सरिता गिरीहरू छन्, कर्मचारीभित्र र सुरक्षा अंगहरूभित्र राज्यका बिभिन्न अंगदेखि सरकारी गैर सरकारी क्षेत्रहरूमा हजारौं सरिता गिरीहरू छन् ! जो देश बेचेर, आफ्नै आमालाई चुसेर र मातृभूमिलाई बलात्कार गरेर रमाईरहेका छन् । आफ्नो पेट पालिरहेका छन् । अनि कसरी बन्छ देश ? कसरी हुन्छ बिकास ? कहाँबाट आउँछ सु–शासन ? कसले ल्याइदिन्छ संवृद्वि ? कसले दिन्छ रोजगार ?

यही र यस्तै खर्चिलो निर्वाचन प्रणाली, दलहरूमा भ्रष्ट र दलालहरूकै दबदबा अनि यही सिस्टमबाट के देश बन्ला त ? दलहरूमा अधिकांश नेताहरू २०४६ सालदेखि नै सत्ता चलाएका टेष्टेड फेलरहरू छन् । हेर्दा लाग्छ अझै १०÷१५ वर्ष देश चलाउन सत्ता र शक्तिका लागि उनीहरूले भएभरको बल प्रयोग गर्ने देखिन्छ । उनीहरू नै हावी भइरहने खतरा देखिन्छ । यति मात्रै होईन उनीहरूपछि अहिले हामीले आशा र भरोसा गरेकाहरू पनि त्यो ठाउँसम्म पुग्दा त्यस्तै दलदलमा फस्न सक्ने खतरा पनि छ । त्यसैले हामी युवाहरूले गम्भीरतापूर्वक सोच्नुपर्ने बेला आएको छ । के नेपालको भविष्य उज्यालो छ ? के हामी सही दिशातर्फ गईरहेका छौं ? छैनौ भने कसरी उज्यालो खोज्न सकिन्छ ? पृथ्वीनारायण शाहले त २१ वर्षको कलिलो उमेरमा नेपाल एकिकरणको सुरूवात गरे । जननायक वि.पी.कोईरालाले ३५÷३६ वर्षको उमेरमा जहानिया राणाशासन विरूद्वको क्रान्तिको नेतृत्व गरे । पुष्पलाल र मदन भण्डारीहरूले पनि युवा वस्थामै मुलुकका लागि योगदान गरे ? हामी समीक्षा गरौंँ, उमेर ढल्कदै गरेकाहरूले के ग¥यौ देशका लागि ? हामी युवाहरू के गर्दै छौँ देशका लागि ?

पुराना पार्टीहरूभित्र केही माफिया, दलाल, भ्रष्ट र बिचौलियाहरूको ग्याङ छ । थोरै संख्यामा छ तर उही हावी छ. । पार्टी र देश उसैले चलाईरहेको छ । अर्को एउटा तप्का छ जसको कामनै पार्टीको नाम बेच्ने, बन्द व्यापार जागिर केही छैन, अनि बिचौलियाको काम गर्ने, समाज भाँड्ने, गुटबन्दी गर्ने अनि आफ्नो जिबिको चलाउने । केही हजारको संख्यामा यो पंति छ । यो पहिलो र दोस्रो पंतिको पकडमा पार्टीहरू छन् । तेस्रो पक्ष छ आस्था र निष्ठाले पार्टिमा लागेकाहरू देशभक्तहरू । त्यागी योद्धाहरू छन् । यो संख्या लाखौंमा छ तर यिनिहरूलाई निकम्मा बनाईएको छ । यिनीहरूको कुनै प्रभाव छैन पार्टीहरूमा । अव यो लाखौं कार्यकर्ताहरूले बिद्रोह गर्ने बेला भएन र ? हिजो देशको लागि मर्न तयार भएर पार्टीहरूमा लागेका हजारौं व्यक्तित्वहरू एकढिक्का भएर क्रान्ति गर्ने समय आएन र ? अनि कुनै पार्टीमा नलागेका देशभक्तहरू पनि अब देशका लागि नेतृत्व गर्ने साहस बोकेर अघि बढ्ने बेला भएन र ??? ए देशभक्त नेपालीहरू हो गाउँ–गाउँ र बस्ती–बस्तीबाट जाग्ने बेला बएन र ? क्रान्तिको गीत गाउँदै, बि.पी, गणेशमान, पुस्पलाल र मदनहरूलाई सुनाउँदै वीर शहिद र योद्वाहरूको सपना साकार पार्ने संकल्प लिएर हातमा बिद्रोहको मसाल बोकेर, काँधमा स्वाभिमान सहितको संवृद्व नेपाल निर्माणको महान् जिम्मेवारी बोकेर, हात हातमा चन्द्ररसूर्य अंकित महान् देशको झण्डा बोकेर निस्कने बेला भएन र ? बिभिन्न क्रान्ति र आन्दोलनहरूमा हजारौं वीरहरू शहिदभए, लाखौं घाईते र अपांग भए, संधैं हामीलाई झुक्याउदै देश बेच्दै गरियो देशले के पायो ? जनताले के पाए ? नेपालमा, भारतमा, खाडीमलुकहरू लगायत विश्वभरि रहेका नेपालीहरूका थुप्रै पीडा, वेदना र समस्याहरू छन् । देशको अर्थतन्त्र डामाडोल छ । बेरोजगारी चरम छ । तर शाशकहरू केबल लुटिरहेका छन् । लुटिरहेका छन् लुटिमात्रै रहेका छन् ।

त्यसैले हामीले २/४ सय सरिता गिरीहरू, २/४ सय दलाल र भ्रष्टहरू आवश्यक परे मार्न तयार हुनुपर्छ तर देश डुब्न दिनुहुन्न ! जय मातृभूमि नेपाल !
नोटः– जेलनेल भोगेका दुई दुई बटा किट्नि प्रत्यारोपण गरेर पनि उच्च मनोबलका साथ सरकारको नेतृत्व गर्नुभएका शक्तिशालि बहुमतीय प्रधानमन्त्री ओली, १० वर्षे युद्वको नेतृत्व गर्नुभएका सत्तारूढ दलका अध्यक्ष प्रचण्ड र पञ्चायतदेखि निरंकुशताका विरूद्व संघर्ष गर्नुभएका प्रमुख प्रतिपक्षि दलका नेता शेर बहादुर देउवाज्यू सबैलाई अपिल गर्न चाहन्छु भगवानको कृपा, जनताको आशिर्वाद र विश्वासद्वारा तपाईहरूले राष्ट्रनिर्माण गर्ने राजकीय पदहरूमा विराजमान हुने अवसर पाउककंनु भएको छ । कृपया इमान्दारितापूर्वक काम गर्नुहोला । जनताको धैर्यताको बाँध फूट्न लाग्यो । अब सहन सकिदैन ! कि त आजै अहिल्यैबाट सुध्रेर काम गर्नोस् कि त काशी जानि तयारी गर्नोस् अव जनता जागिसक्यो ।

प्रतिक्रिया दिनुहोस