प्रेमीप्रेमिकाबीच अति माया भयो भने त्यो प्रेम असफल हुन्छ । श्रीमान् श्रीमतीबीच अति प्रेम भयो भने त्यो दम्पतिको दाम्पत्य जीवन पुरा नहुन सक्छ । एउटा गुरुका सयौँ चेला हुन्छन् तर गुरु र विशेष चेलाबीच अति प्रेम भयो भने विद्रोह हुनसक्छ । दुई वा दुईभन्दा बढी छोराछोरी भएका आमाबुबासँग विशेष छोरा या छोरीको अति प्रेम भयो भने त्यहाँ खतरा घर झगडा हुन सक्छ । राजनेताले विशेष व्यक्तिहरूको मात्रै कुरा सुनेर जनतालाई बेवास्था ग¥यो भने त्यहाँ अनिवार्य विद्रोह हुन्छ । शासकले गरेका राम्रा नराम्रा कामको बराबर विश्लेषण नगरी एउटा पक्ष विरोध मात्रै गर्ने र एउटा पक्ष समर्थन मात्रै गर्ने, विरोधीले राम्रा काम सुन्नै नचाहने समर्थकले नराम्रा कामको बारेमा सुन्नै नचाहने भयो भने त्यहाँ अनिवार्य द्वन्द्व हुन्छ । र यी सबै दुर्घटनाहरूमा फाइदा दोस्रो या तेस्रो पक्षले लिन्छ ।

नेपालका आजसम्मका राजनीतिक द्वन्द्वमा जस्तो सुकै निष्कर्ष निस्किए पनि त्यसको फाइदा नेपालले अलिकति पनि लिएको छैन । सबै भारतले नै लिएको छ । जे जति उपलब्धी भएको छ सबै भारतलाई उपलब्धी भएको छ । नेपालका प्रत्येक राजनीति परिवर्तपछि भारतले नयाँ बनेको सरकारसँग नेपालको विपक्षमा हुने गरी कुनै न कुनै सन्धी गरेको छ । उदाहरका लागि हाकी सप्तकोसी सम्झौतादेखि विप्पासम्झौतासम्म हेर्न सक्छौँ । राणाशासनमा नेपालमाथि केपोचिन पादरीहरूको अनावश्यक दवाब, प्रजातन्त्रपछि नेहरूको अनावश्यक हस्तक्षेप । पञ्चायतमा इन्दिरा गान्धी र रअको अति हस्तक्षेप । बहुदल आसपास र बहुदलपछि राजिव गान्धी र रअको अति हस्तक्षेप । १० वार्षे जनआन्दोलनपछि मनमोहन सिंह र रअको चङ्गुल । संविधान निर्माण ताका र जारी भएपछि नरेन्द्र मोदीको रबैया ।

पछिल्लो समय नेपालमा भारतको दबाव कम भाइरहेको अवस्थामा अब भारतले पहिलाको जस्तो शासक स्तरको रणनीतिलाई फेर बदल गरेर जनताबाट राजनीति सुरु गर्ने छ । थाहै नपाई हामी जनता भारतको यस्तो प्रयोग हुने छौँ नि, तपाई र मैले थाहा पाउँदा धेरै ढिलो हुनसक्ने छ ।

हामी भारतीय मिडियाहरू प्रति आक्रोशित छौँ । यो स्वाभाविक पनि हो । किनकी उनीहरू नेपाललाई तथानाम भनिरहेका छन् । तर भारती मिडियाहरू अहिले नेपाललाई आरोप लगाइरहेका छैनन्, यो त उनीहरू काम गरिरहेका छन् । भारतीय मिडियाको बकबास भारतको राजनैतिक रणनीति हो । यस रणनीतिलाई अन्तर्राष्ट्रिय भाषामा “वारफेयर” भनिन्छ । वारफेयरमा शक्तिशाली राष्ट्रहरूले कमजोर राष्ट्रहरूमाथि गरिरहेको ज्याददी दबाउन यस्तो हर्कत गर्छन् कि, तिनीहरूले स्वयम् कमजोर देशका जनतालाई पनि गलत कुरा स्वीकार्न वाध्य बनाउँछन् र विश्व समुदायमा पनि उक्त कमजोर राष्ट्रका वास्तविक सत्य लुकाएर बदनाम र निरीह बनाउँछन् । त्यसका लागि उनीहरूले त्यही कमजोर देशका जनता, आफ्नो देशको मिडिया र विभिन्न निकायहरू प्रयोग गर्छन ।

नेपालमाथि भारतले गरिरहेको वारफेयरको उदाहरणको लागि संविधान जारी हुनेताका कैलाली काण्डदेखि नाकाबन्दीसम्म (धेरै नेताहरू जानजान र केही नेताहरू अन्जानमा प्रयोग भएका), हाल भने मनिशा कोइरालाको ट्वीटर काण्ड, भारतीय सेनाप्रमुख नरभानेले बोलेको नेपालमाथिको धावा, भारतीय गृहमन्त्री र परराष्ट्रमन्त्रीका अभद्र र अकुटनैतिक अभिव्यक्तिहरू, उत्तरप्रदेशका मुख्य मन्त्रीको नेपालमाथिको अभद्र आक्रोश, सरिता गिरीको नेपाली सदनको अमर्यादित आचरण, सिमानामा नेपाली सुरक्षाकर्मीमाथिको भारतीय नागरिकले गरेको आक्रमण, त्यसपछि भारतीय मिडियामा भएको प्रचारबाजी । यी सबै भारतले नेपालमाथि गरिरहेको योजनाबद्ध राजनैतिक वारफेयर हो ।

यसरी हुने वारफेयरमा निश्चत राष्ट्रको राजनीति र जनताहरूमाथि समेत यस्तो त्रास फैलाइन्छ कि त्यस देशका जनताहरूले सोच्न बाध्य हुने छन् कि अब हाम्रो देशमाथि पुरै आक्रमण हुने छ, अब हामी जनता सबै मर्ने छौँ । त्यो भन्दा पहिला बरु हामी उसैको पक्षमा बोलुँ भन्ने बनाउने छन् ।

राजनीतिक इतिहासमा अमेरिकाले क्युवा माथि गरेको वारफेयरलाई हामीले कहिल्यै पनि भुल्नु हुँदैन । तर न त क्युवालीहरू त्रसित भए न त क्यूबाको सरकार । अन्ततः अन्तर्राष्ट्रिय अदालतमा अमेरिकाले क्युबासँग झुक्नु प¥यो । भारतले नेपालमाथि न त युद्ध गर्न सक्छ न त अरु धेरै केही, बश हामी नेपालीले भारतको वास्ता नगरी आफ्नो काम र राजनीतिलाई सफा बनाउने । आत्मा निर्भर बन्दै जाने । भारतको नेपालमाथि केही पनि लाग्नेवाल छैन । कालापानी क्षेत्र त भारतले छोड्नै पर्छ । भारत यो विषयमा अन्तर्राष्ट्रिय अदातलमा उभिनै सक्दैन ।

प्रतिक्रिया दिनुहोस