फिजी र भारत एक समय सँगै बेलायतको उपनिबेश भोगिरहेका थिए । त्यो बेलामा बेलायतकै कारण थुप्रै फिजियनहरू भारत आउने र भारतीयहरू फिजी जाने क्रम हुनु सामान्य थियो । भारत ठुलो राष्ट्र भएकाले भारतमा फिजीयनको तुलनामा फिजीमा भारतीयको संख्या त्यसै पनि धेरै हुने नै भयो । समयक्रममा दुवै देश बेलायतबाट स्वतन्त्र भए । तर फिजीमा बसोबास गर्दै आएका भारतीयहरू उतै स्थायी रुपमै बस्न थाले । दुवै देश स्वतन्त्र भएपछि पनि दुवै देशमा आवत जावत राम्रै भइरहेको थियो । त्यही क्रममा फिजीमाथि भारतले आँखा लगायो । भित्रभित्रै राजनैति द्वन्द्वको सिर्जना गरायो । सन १९८०–९० को दशकमा फिजीमा ठुलो राजनैतिक संक्रमण पैदा भयो । त्यही राजनैतिक संक्रमणलाई मोहोरा बनाएर भगीरथ प्रयासपछि ३ लाख भन्दा धेरै भारतीयलाई नागरिकता दिलाउन भारत सफल भयो ।

१८२७४ वर्ग किलोमिटर क्षेत्रफल भएको फिजीमा गलभग ६ लाख हाराहारी जनसंख्या थियो । जनसंख्याको हिसाबले भोटरहरु अनुपातमा निर्णायक भोट गर्न भारतीय अंगीकृतको त्यो संख्या प्रयाप्त थियो । भारतले सिक्किम निल्न जसरी लेण्डुपलाई सिक्किमको नेताको रुपमा तयारी गरेको थियो, फिजीमा पनि महेन्द्र चौधरीलाई तयारी गरेको थियो । १९७३ मा सिक्किममा जसरी चुनाबमा रअको भूमिकामा च्योग्याललाई हराउँदै लेण्डुपलाई जिताएको थियो त्यसरी नै महेन्द्र चौधरीलाई १९९९ को चुनाबमा जिताएको थियो । महेन्द्र चौधरी विजय हुँदा भारतमा पटाका पड्काइएको थियो । जसरी लेण्डुपलाई प्रधानमन्त्री बनाएको थियो त्यसरी नै महेन्द्र चौधरीलाई पनि फिजीको प्रधानमन्त्री बनायो भारतले । भारत चाहन्थ्यो अब महेन्द्र चौधरीले लेण्डुपले जसरी नै वैधानिक हिसावले फिजी भारतलाई जिम्मा लगाउने छ, तर विस्तारै फिजीका जनता र फिजीका सेनाले त्यो कुरा थाहा पाए । सैनिक विद्रोह सुरु भयो । सुन २००० मा फिजी सेनाले महेन्द्र चौधरीलाई प्रधानमन्त्रीबाट अपधस्थ गरेर सत्ता हातमा थियो । फिजीका जनताहरू भारतलाई देश जिम्मा लगाउनुभन्दा सैनिक शासन मान्न राजी भए ।

भारतले जसरी सिक्कमलाई आफ्नो बनायो, जसरी फिजीलाई विलय गर्ने अवस्थामा पुगेको थियो नेपाललाई पनि वर्षोँदेखि त्यही रणनीति अपनाइरहेको छ । तिनै सुत्र प्रयोग गरीरहेको छ । त्यसको उदाहरणको लागि ६२/६३ को शान्ति सम्झौतापछि घुम्ती शिबिर मार्फत होलसेलको भाउमा भारतीयहरूलाई नागरिकता बाँढेको हेर्न सकिन्छ । यदि अंगिकृतको विषयमा कडा नहुने हो भने भारतले नेपालमा त्यही काम गर्छ जो उसले गर्न चाहिरहेको छ । नेपाली कांग्रेसको यो विषयमा भर पर्न सकिँदैन किन कि पहिला पनि कांग्रेसले नै हो नागरिकता बाँढेको । अहिले पनि आजै बाँडौँ, भोलि नै बाँडौँ जस्तै गरिरहेको छ । यो बारेमा कार्यकर्ता चुँसम्म गरेका छैनन् । राजाको पालामा विदेशीले नागरिकता पाउन १५ वर्ष स्थायी बसोबास अनिवार्य त्यसै गरिएको थिएन ।

यदि अहिलेको कांग्रेसको अडान नै सही मान्ने हो भने भोली यो देशका भूमिपुत्रहरू अल्पमतमा पर्ने छन् । नेपाल फिजी हुने छ । फिजीलाई आफ्नो बनाउन भारतलाई भूगोलले पनि साथ दिएको थिएन नत्र सिक्कम कै हाल गर्न भारत सक्षम हुने थियो । नागरिकताको विषयमा नेपालले जति सक्दो कडा हुनु मै राष्ट्रिय स्वाधीताको दीर्घकालीन रक्षा हुने छ ।

प्रतिक्रिया दिनुहोस