१.
रुन्छ मन न्याउली जस्तो पीडाहरुको रापबिच
जल्यो जीवन खाग भएर अभाबको तापबिच

रोदनको हिक्का रुक्यो खालिपेटको सङ्घारमा
मायाभन्दा भोक बस्यो कलेजीको छापबिच

परेलीको डिलमा आँसुको मुल फुटेर ताल बन्यो
मनमा पीडा गहिरी गयो भावनाको नापबिच

टुट्यो साथ आँफन्तको तर्ने बेला जङ्घारमा
खोज्छु आँसु दोबाटोमा हिड्ने पदचापबिच

स्वार्थीमाझ मेरो जीवन निरहीको जात भयो
दहन भयो आखिरी पल कुन जुनीको श्रापबिच।।


मुन्धुमका शिराहरु गुन्जियोस लाग्छ डाँडा –डाँडा
पालम ख्याली हाक्पारे जुन्जियोस लाग्छ टाडा–टाडा

लाखे मेला धुले दोभान अथित बनी नाचिरहोस्
ठूलीहरुको पथाङ अझै झुण्डियोस् लाग्छ काँडा–काँडा

तिम्बुङको साक्षी ढुंगा पग्ल्यो कित ख्याली गाउँदा
हेम्पारीमा हाम्रो माया अल्झ्योस् लाग्छ गाढा–गाढा

मेवा–मिक्वा सुसाइरहन्छ च्याब्रुङ केसाम धुनमा
भाविपुस्ता सु–सस्कार पाकोस् लाग्छ भाँडा–भाँडा।।

 

ताप्लेजुङ, हाल माेरङ

 

प्रतिक्रिया दिनुहोस