काठमाडौं–  राजनराज शिवाकोटी अभिनयमा पनि अब्बल निस्कएका छन् । उनले पहिलो पटक अभिनय गरेको गीत सार्वजनिक भएको छ । राजनराज शिवाकोटी र मिलन नेवारको संयुक्त आवाज रहेको मर्मस्पसी गीतमा दुवै जनाले म्युजिक भिडियोमा पनि अभिनय गरेका छन् । उक्त यूगल गीतको  म्युजिक भिडियो  असार १५ गते सार्वजनिक भएको छ।

लोकप्रिय गायक, संगीतकार तथा गीतकार राजनराज शिवाकोटीद्वारा पहिलो पटक अभिनेताको रुपमा अभिनय गरिएको ‘तिमी उता म यता…’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

मर्मस्पर्शी शब्दहरुको उक्त गीतको भिडियो पनि प्रभावकारी बनेको छ, जसमा गायक शिवाकोटीले उत्कृष्ट अभिनय गरेका छन्, गायिका नेवारको अभिनयको पनि प्रशंसा गर्नै पर्छ ।

भिडियोमा गायक शिवाकोटीकी छोरी आरिष्मा शिवाकोटीले पनि अभिनय गरेकी छिन् ।

राजन राज शिवाकोटी र मिलन नेवारको जोडीले यसअघि चरिले काफल टिप्यो, ठेकमीमा दही, गुलेलीले हान्दिउँ कि…जस्ता लोकप्रिैय गीतहरु दिइसकेको छ।

यो गीतका शब्द तथा संगीत पनि शिवाकोटीले नै तयार पारेका हुन् ।

सन्दीप कार्कीले उक्त गीतमा संगीत संयोजन गरेका छन् भने किरण बिक उक्त गीतका रेकर्डिष्ट हुन् ।

श्याम श्वेत रसाइलीले यसलाई मिक्स्ङि तथा मास्टर गरेका हुन् ।

उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादको उक्त भिडयोलाई राजेश पुमा राईले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस