प्रिय !
तिम्राे उपस्थिति बिनाकाे
सहर खै कसरी सहर भनु।
कति रहरहरु
सहरमा अलपत्र छन्।
कति रहरहरु
तिमी र म अर्मपर्म गरेर काम गरेका
खला खेत र बारीहरुमा अलपत्र छन्।
काँल्ला र भित्ताहरुमा अलपत्र छन्।
अब कसले भन्छ प्रिय!
सामा नउखेलिएका दिनकाे “चिया मिठाे”
याे पनि त ईतिहास बन्याे नि
चिया र सामामा लुकेका सपनाहरु पनि असरल्लै छन्
कति सपनाहरु साेल्टिनीकाे सिउँदाे सँगै बगेर गए हुन्।
थुप्रै सपनाहरु सँगालेर सहयात्रामा निस्किएकी
तिम्री अर्धाङ्गीनी साँच्चै आधा बनिन्

प्रिय!
तिमी सँग रमाउने हाम्राे एउटा रहर
रहर मात्र सिमित भयाे।
मेराे पेसाले स्थायित्व पाउँदै गर्दा
तिम्राे ल्यान्ड लाइन फाेनले बधाई दिँदै
सम्झाएका थियाैँ कावेली, माघे सङ्क्रान्ति अनि “थेन्दाे”
यी सबै रहरहरु बस रहर न बने

प्रिय!
मलाई अचेल
याेजना र सपनाहरु बनाउन
सिकाएर असरल्ल, अलपत्र
छाडिदिने शक्ति प्रति
भित्रै देखि चिच्च्याएर भन्न मन् छ
थुक्क साला स्वार्थी ईश्वर
मुक्कै मुक्का हान्न मन छ।
गधा युद्ध लड्न मन छ।
तर के गराैँ प्रिय!
मन त छ नि
ऊ अदृश्य छ।
धिक्कार्दै विधिलाई
सम्झेर हेरेर दुनियाँलाई
मन बुझाउनुकाे अर्काे विकल्प खै के हाेला र ?!

हाे प्रिय
सानी छाेरीकाे आँखामा
छमछमी नाचेका तिम्रा सपना
तिम्री अर्धाशङ्गीनीले कसरी देख्लिन एक्लै?
मन थाम्नै सकिन प्रिय
तिम्राे मृत शरीर माथि परेर
तिम्री प्रिया अनि वृद्ध माता पिता
अर्ध चेत बनेकाे देखेर।
सम्हालिएर तर्कदैँ गर्दा
तिम्री सानी छाेरी मेराे खुट्टामा ठाेक्किँदा
झन भाउन्न भाे।
कहाँ हिनेकी ननी मैले भन्दै गर्दा
उसले भनी “बाबा सन जाँने बाटै छैन”
अनुत्तरित मेरा जलमय अाँखा निहार्दै
कसैले सानी छाेरी तान्दै गर्दा
तिम्राे निष्प्राण उपस्थितिले
पुनः एक पटक साँच्चै भाउन्न बनायाे।
सम्झन्छु मन पाेलेर अाउँछ
शरिर गलेर फतक्कै हुन्छ

प्रिय!
तिनीहरुले बिर्सलान्
उनीहरुले बिर्सलान्
अनि बिर्सलान वारि पारी र जाेरी पारीहरुले
म अर्थात् हामीहरु कसरी बिर्सनु
ती हाम्रा जीवन कथाहरु
पसल अगाडीका सम्वादहरु
चिया पसलका गफहरु
हाम्रा बसाईका यादहरु
अझ कसरी बिर्सुन
तिम्री चन्द्रमा झैँ चम्किली चन्द्राले
रङ्गीन जीवनका कहानीहरु
रित्ताे जीन्दगीले छाेरी र बृद्ध बा, आमाप्रतिकाे
जिम्बेदारी कसरी फर्स्याउलीन्
रथका एक पाङ्ग्राकाे अनुपस्थितिमा
तिम्राे पूर्ण अनुपस्थिमा
कसरी बित्लान् अबका जीवनकथाहरु
तिम्राे इहलिलालाई सेलाएर
उकालाे चढ्दा सम्झेका यीनै कथाहरु
तिमी सँग भरखर भेट्दाका तिम्रा आत्मविस्वासहरु
खरानी बनेर उढ्दै गर्दा देखिएका
तिम्रा सुन्दर भविष्यहरु र सपनाहरु
साँच्चै अलपत्र थिए पारस
खरानी सँगै तिम्रा मात्र सपना हैन

प्रिय!
तिम्राहरुका पनि सपना उड्दै थिए
खरानी सँगै
हाे यार साँच्चै उड्दैथिए खरानी सँगै
एकटक निहारे यात्रामा निस्किएका
खरानीमय तिम्रा सपनाहरु
आफूलाई पनि एक्लै एक्लै ठानेर
अनि पक्कै याे जुनिमा भेट नहुने ठानेर

प्रिय !
यत्ति भन्न सकेँ गुनासाे नगर्नु है!
तिमीले थकाई मारे पनि
तिम्रा खरानीहरु कहिल्यै नथाकुन।
तिमी प्रति
हार्दिक श्रद्धाञ्जली
हार्दिक श्रद्धासुमन।

प्रतिक्रिया दिनुहोस