म समिक्षक होइन । समीक्षा लेख्दिन पनि । सिर्जनामाथि गरिने समीक्षा झुर काम हो, म यस्तो ठान्छु । यो समीक्षा होइन । बरु यो मनिच्छा* हो कि ! म ‘मानवता’ गीतबारे मनिच्छा लेखिरहेको छु ।
~~~
गीतको जननी गीतकार हो । जननीबाटै अघिबढ्छु ।
मोरङको एउटा सानो सहरमा बसिरहेको एउटा मनुवा छ- कृष्ण ‘उदासी’ । तर जुनकिसिमको उसको मुहार छ, उसलाई ‘उदासी’ लेखेको सुहाएकै छैन ।

यसकारण पनि सुहाएको छैन, उ अनेकपटक ‘दृश्य-संवाद’ गर्दा वा ‘मेलमिलाप’ गर्दा उसको उर्जावान् मुहारमा मुस्कान र सकारात्मक चमक साट्छ । उ यसरी प्रस्तुत हुँदा कसरी ‘उदास’ भयो ? हरदम हँसिलो मान्छे एकदम उदासी कसरी हुनसक्छ ? उ मेरा लागि ‘उष्ण किदासी’ हो, वा हो कृष्ण हँसिलो । उ उसकै लागि कृष्ण उदासी हो, वा हो कृष्ण प्रसाद सिवाकोटी; लिभ इट !

उसले धेरै गीत लेख्यो । रेकर्ड भएकै गीतको संख्या गन्न अव हात-खुट्टाका औँला अपुग भइसके । ‘कसैले पनि कसैको जिन्दगी बनाउँदैन, न बिगार्न सक्छ । मानिस आफ्नो कर्मले आउँछ र आफ्नै कर्मले जान्छ ।’ भनेजस्तो ‘हरेक गीत आफ्नो भाग्यले आउँछ र भाग्यले चम्किन्छ वा सिद्दिन्छ ।’ यो गीत उसको शब्द-शिल्पले चम्किलो छ ।

उसका गीतमा मेरो र मेरा गीतमा उसको कतै न कतै गम्भीर बिमती रहन्छ ।
उसले ब्रम्हाण्ड हिर्काएको यो गीतको अन्तिम दुई लाइनमा भने मेरो बिमती कायमै छ । उ स्थायीदेखि हान्दै, हान्दै, हान्दै, हान्दै लगेर ति दुई लाइनमा ‘पुरुष’ भत्काएर गलेको छ ।
उसको अप्रकाशित ‘आमा’ गीतको अन्तिम लाइनमा पनि मेरो बिमती हुँदा मसँग घण्टौँ विवाद गरेको छ । उ यस्तै छ ।
~~~
भोलि भोलि भ्याएर अरु लेख्छु । अहिले टाउको दुख्यो सुत्छु । तपाईँ गीत सुन्नुस् ।
~~~
* = मनको इच्छा 😁😁

प्रतिक्रिया दिनुहोस