दमक | राजनराज शिवाकोटी र मिलन नेवारको स्वरमा रहेको उकुसमुकुस बोलको गीत सार्वजनिक भएको छ । शनिबार सार्वजनिक भएको उक्त गीतको शब्द र संगीत राजनराज शिवाकोटीको आफ्नै रहेको छ भने भिडियोमा अभिनय पनि मिलन नेवार र राजनराज शिवाकोटी आफैँले गरेका छन् ।

उकुसमुकुस गीतको संगीत संयोजन बिजेश्वर टण्डुकारले गरेका छन् । त्यस्तै मिक्सिङ र मास्टरिङ पनि विजेश्वर टण्डुकारले नै गरेका छन् । राजेश पुमा राईले निर्देशन गरेको भिडियोलाई देवीथान म्युजिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

राजनराज शिवाकोटी र मिलन नेवारको यो भन्दा पहिला सार्वजनिक भएको “तिमी एता म उता साइली” बोलको गीतले राम्रो प्रतिक्रिया पाएको थियो र सफलता पनि राम्रै हासिल गरेको थियो । उक्त गीतको भिडियोमा अभिनय गर्दै म्युजिक भिडियोमा डेब्यु गरेका राजनराज शिवाकोटीले अभिनय गरेको यो उकुसमुकुस दोस्रो म्युजिक भिडियो हो ।

फरक शैलीमा निर्माण गरिएको म्युजिक भिडियोमा केही संवाद पनि राखिएको छ र उक्त संवादमा गीत संगीतको काम निक्कै खर्चिलो हुँदै गएको कुरालाई समेत प्रष्ट देखाउन खोजिएको छ ।

 

प्रतिक्रिया दिनुहोस