दमक । निक्कै मिहेनत गरेर गीत बजारमा ल्याउने क्रियाशील गायक हुन् किशोर शिवाकोटी । उनी केही समयको अन्तरालमा गीत बजारमा ल्याउँछन्, निक्कै मिहेनतपछि बाहिर आएका कारण जसको राम्रै चर्चा पनि हुने गर्छ ।

यसैबिच भरखर मात्रै गायक शिवाकोटीले छमछम नाच्ने माया प्रेमले भरिएको रमाइलो गीतको भिडियो बजारमा ल्याएका छन् । गीतकार एकनारायण भण्डारीको शब्द लोकप्रिय गायक तथा संगीतकार सत्य स्वरुपको संगीत समावेश गीतमा बहुचर्चित मोडत तथा नायक पल शाहसँग सुन्दरी नायिका वर्षा शिवाकोटीको अभिनय रहेको छ ।

निकेश खड्काको निर्देशन रहेको गीत किशोरको ट्रिब्युट एल्बममा समावेश भएको गीत हो । पर्ख तिमीलाईमा कोरियोग्राफी सुबोल थापाको रहेको छ भने बुद्ध थापाको छायांकन रहेको छ । त्यस्तै सम्पादन विकाश धमलाले गरेका हुन् । सार्वजनिक गीतको भिडियो केके म्यूजिकबाट सार्वजनिक गरिएको छ ।

ट्रिब्युट एल्ब किशोर शिवाकोटीले ४ वर्ष पहिला नै सार्वजनिक गरेका हुन् । उक्त एल्बममा जम्मा ७ वटा गीत समावेश छन् । ७ वटा गीत मध्येमा पर्ख तिमीलाई गीतको भिडियो तेस्रो भिडियो हो । यो भन्दा पहिला उनले यसै एल्बमका अरु २ वटा गीतको भिडियो सार्वजनिक गरिसकेका छन् ।

 

पहिलो भिडियो गुराँस फुल्यो वनैभरि गीतको म्युजिक भिडियो हो । उक्त गीतको शब्द सर्वजीत राईले रचना गरेका हुन् । रञ्जित गजमेरको संगीत र संगीत संयोजन रहेको उक्त गीत किशोर शिवाकोटी र आशा भोस्लेको संयुक्त स्वरमा रहेको छ । भुषण दाहालले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा दिपर्शन र प्रियांका कार्कीको अभिनय रहेको छ ।

त्यस्तै ट्रिब्युट एल्बमबाट दोस्रो भिडियोको रुपमा उनले स्वर्गीय आमा रेनुका शिवाकोटीमा समर्पण गर्दै गाएको गीत “आमा तिमी कहाँ छौ ?” माथि बनाएका थिए । उक्त गीतको शब्द, संगीत र स्वर किशोर शिवाकोटीको आफ्नै रहेको छ । किरण चाम्लिङले निर्देशन गरेको उक्त भिडियोमा सरिता गिरी, सागर थापा र आरोग्य गिरीको अभिनय रहेको छ । भने उक्त भिडियोको लागि क्यामेराको जिम्मेवारी नबिन बाबु गुरुङ्ले निर्वाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस