उर्लाबारी । पछिल्लो समय युटुबमा भाईरल बनेका जन्तरे मामा भनेर चिनिने अमित कुमार राई र गायिका एलिना चौहानको कोपिला जस्तो जोवन बोलको गित मंगलबार बेलुका सार्वजनिक भएको छ ।

“युवा मन नेपाल” नामक युटुब च्यानलबाट सो गित सार्वजनिक गरिएको हो । गीतमा साहित्यकार कृष्णउदाशीको शब्द रहेको छ भने बादल लिम्बुले संगित दिएका छन् ।

सो गीतमा जन्तरे मामासँगै छबि श्रेष्ठ, एलिसा पोख्रेल र जमुना राईको मुख्य अभिनय रहेको छ । गीतको छाँयाकन इलाम र बिर्तामोडस्थित होटल हेभन्लीमा गरिएको छ । गीतको निर्माता भूवन आचार्य रहेका छन् भने निर्देशन विवेक हिङमाङले गरेका हुन् ।

लोक शैलीको “कोपिला जस्तो जोवन” बोलको गीत स्रोताहरूले निक्कै नै रुचाएको देख्न पाइन्छ । अमित राई नारायण गोपाल र भक्तराज आचार्यहरूका गीत गाएर भाइरल बनेका भए पनि उनले लोक शैलीको गीतलाई समेत न्याय गरेका छन् । यो उनका लागि पनि परीक्षा थियो । तर यो गीतपछि उनले आफूलाई भर्सटाइल साबित गरेका छन् र सबै खाले गीत गाउन सक्ने गायक भएको प्रमाणित गरेका छन् । सरल र मिठा शब्द रहेको गीत भएकाले यो गीतको भने अब टिकटकमा भाइरल हुने पालो आएको छ ।

<iframe width=”560″ height=”315″ src=”https://www.youtube-nocookie.com/embed/EqydqPXhQtU?start=1″ frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>

प्रतिक्रिया दिनुहोस