दमक । चर्चिग गायिका सुनिता थेगिम र कुबेर राईको आवाजमा रहेको सोल्टिनी–२, पूर्वेली लोकदोहोरी गीतको अफिसियल भिडियो सार्वजनिक भएको छ ।

कुबेर राईको शब्द र संगीत रहेको उक्त दोहारी गीतको एरेन्ज राजु कार्कीले गरेका छन् । म्युजिक भिडियोको लागि कोरियोग्राफी लेखिना राईको छ भने अभिनयमा लेखिना राई र मिरेश राई छन् । गदुल राईले छायाङ्कन गरेको उक्त म्युजिक भिडियो एकराज बुढाथोकीले इडिट गरेका हुन् । गीतको म्यूजिक भिडियो तुवाचुङ टिभीबाट सार्वजनिक भएको छ ।

कुबेर राई र सुनिता थेगिमले अरु पनि केही दोहोरी गीतहरू सार्वजनिक गरेको छन् ।

 

प्रतिक्रिया दिनुहोस