दमक ।  राजनराज शिवाकोटी र मिलन नेवारको नयाँ गीत “ताल्चा लगाऊ” को म्युजिक भिडियो सार्वजनिक भएको छ । राजनराज शिवाकोटीकै शब्द र संगीतमा रहेको ताल्चा लगाऊ खिटिक्क बोलको गीत राजनराज आफैँ र मिलन नेवारले गाएका छन् ।

दिक्षित पौडेलको एरेन्ज रहेको उक्त गीतलाई श्यामश्वेत रसाइलीले मिक्सिङ माष्टरिङ गरेका छन् । गीतका लागि रत्न बिकेले बाँसुरी बजाएका छन्, बलबहादुर जैरुले सारङ्गी, खड्ग बुढाले मादल र सन्जिव बराइलीले गितार बजाएका छन् ।

भिडियोको लागि राजेश पुमा राईको निर्देशन रहेको छ भने राजनराज शिवाकोटी र मिलन नेवार स्वयमले अभिनय गरेका छन् । उत्सव दाहालले छायाङ्कन गरेको उक्त भिडियोलाई बिकास दाहालले इडित गरेका हुन् ।

राजनराज शिवाकोटी र मिलन नेवारका श्रृङ्खलाबद्ध गीतहरू आइरहेका छन् । जसमध्ये ताल्चा लगाऊ खिटिक्क तेस्रो म्युजिक भिडियो हो । राजनराज र मिलनको पहिलो सहकार्यको रुपमामा आएको म्युजिक भिडियो “तिमी उता म यता” ले राम्रो सफलता पायो ।

दोस्रो सहकार्य रहेको गीत उकुसमुकुसले दर्शक त खासै तान्न सकेन तर त्यस म्युजिक भिडियोले गीत संगीतको महङ्गीलाई कडा व्यङग्य गरेको छ । गीत संगीतका क्षेत्रमा त्यसको राम्रो चर्चा भयो ।

यो तेस्रो सहकार्यमा पनि फरकपन आएको देखिन्छ । यसमा भने राजनराजले पनि नाँच्ने कोसिस गरेका छन् । यो उनले नाँच्ने भूमिका निर्वाह गरेको पहिलो म्युजिक भिडियो हो । राजनराज र मिलनको सहकार्यका सबै भिडियोहरू देवीथान म्युजिक युटय्ब च्यानल मार्फत सार्वजनिक भएका छन् ।

प्रतिक्रिया दिनुहोस