दमक । “बाचाबन्धन” नामक प्रेम वियोगको गीत सार्वजनिक भएको छ । गायिका सुमिता राईको सुमधुर आवाजमा सजिएको मनछुने गीत ‘बाचा बन्धन’ सुमिता राईको आफ्नै युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो । मुकेश राईको शव्द, मान थुलुङ राईको संगीत रहेको उक्त गीतको लागि हरि लम्सालले संगीत संयोजन गरेका छन्।

पछिल्लो समय कहलिएका क्यामरा मेन भुपेन्द्र तुम्वाहाङफेले उक्त गीतको म्युजिक भिडियोको निर्देशन गरेका छन् भने युट्युव अन्तर्वार्ताका लागि सुपरिचित विश्व लिम्बूका साथै मलाइका बस्नेत र सुजता थुलुङ राईले अभिनय गरेका छन् र छायाँकनको जिम्मेवारी पनि भुपेन्द्र तुम्बाहाङफेले नै निर्वाह गरेका छन् ।

थैली इन्टरटेन्टमेन्टको प्रस्तुतिमा विमला तामाङको मेकअप, टप सप काठमाडौंको पहिरनमा तयार गरिएको भिडियोमा अनिल रानाले सम्पादन गरेका छन् । एल्वम ‘सगुन’मा समावेस गरिएको उक्त गीतलाई एकाष्टिक स्टुडियोमा अजय सिंह कार्कीले रेकर्डिङ गरेका हुन् ।

गीतको म्युजिक भिडियोको लिङ्कः

प्रतिक्रिया दिनुहोस