काठमाडौं,  । गायक कुशल थलङको नयाँ गीत हाक्पारे ख्याली सार्वजनिक भएको छ । लिम्बू भाषामा रहेको गीत मदन चोङबाङको रचना र संगीमा तयार भएको हो ।

‘हाक्पारे ख्याली, च्याब्रुङको धुन, गम्कन्छ गाउँघरमा, असाध्यै राम्रो सोल्टिनी देखेँ, सिरिजङ्गा गाउँमा’ भाव आउने गीतको भाषा सुपरिवेक्षण यासेली योङहाङले गरेका हुन् । भिडियोमा गाउँघरको विम्ब उतारिएको छ भने बिउभाले पालेर आफ्नो खाजाखाने मेलोको प्रसँग गज्जबले प्रस्तुति गरिएको छ ।

भिडियोमा कुशल थलङको साथमा विष्णु मोक्तान, सोनम थोक्लिहाङ लिम्बू, निश्चल कुलुङले अभिनय गरेका छन् ।

टेकेन्द्र यक्सोको एरेन्ज रहेको गीतको मिक्सिङ तथा मास्टरिङ दीप घतानीले गरेका हुन् र भ्वाइस अफ डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

भिडियोमा सोम मगरातीको श्रृङ्गार, भूपेन्द्र तुम्बाहाम्फेको छायांकन, अनिल रानाको सम्पादन, तेज मेन्याङ्बो र शैलेन्द्र नाल्बोको निर्माण र दिनेश माङ्मुको निर्देशन रहेको छ ।

गीत कुशल थलङको आफ्नै च्यानलबाट हेर्न र सुन्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस