दमक । गायिका सृष्टी हिङमाङले संगीतमा डेब्यु गरेकी छिन् । सृष्टी हिङमाङ र मिथुन शिवाले आवाज दिएको यही गीतबाट उनले आफुलाई संगीतकारको रुपमा पनि परिचय दिएकी छिन् । शब्द रचना मिथुन शिवाले गरेका हुन् । “तिम्रो छाती भित्र” बोल रहेको उक्त गीतका लागि संगीत संयोजन भने सुरथ प्रधानले गरेका छन् । मित्र लामाले रेकर्ड गरेको उक्त गीत सुर संगम स्टुडियो (काठमाडौं) मा रेकर्ड भएको हो ।

भिडियोमा सिर्जना निङ्लेखु र पर्शुराम राईले अभिनय गरेका छन् भने बालकलाकारको रुपमा काव्या श्रेष्ठले अभिनय गरेकी छिन् ।

भिडियोमा नविन निरौलाले रंग मिलाउने काम गरेका छन् । भिडियोका लागि कुशल श्रेष्ठले निर्देशक, छायांकन र सम्पादनको पुरै जिम्मेवारी सम्हालेका छन् । भिडियो, कलाकार सिर्जना निङ्लेखुको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

सृष्टी हिङमाङ लोकप्रिय गीत “पुर्वै राइलो” गाएर नेपाली गीत संगीतको दुनियाँमा चर्चित बनिसकेकी गायिका हुन् । उनेले अन्य थुप्रै गीत गाएकी छिन् । सृष्टी र मिथुनले ६÷७ महिना अघि लगनगाँठो कसेका थिए ।

प्रतिक्रिया दिनुहोस