दमक । गायक शान्तिम कोइरालाको नयाँ गीत ‘एक्लो हुँदा’ सार्वजनिक भएको छ । उक्त गीतको शब्द र संगीत रचना रवि मल्लले गरेका हुन् । उक्त गीतका लागि संगीत संयोजन भने किरण भुसालले गरेका छन् । किरण भुसालले नै रेकर्डिङ गरेको उक्त गीतलाई फिरोज बज्राचार्यले मिक्सिङ र माष्टरिङ गरेका हुन् ।

भिडियोमा फिरोज बज्राचार्य, दिना बज्राचार्य, रोज बज्राचार्य , डेजि बज्राचार्यले अभिनय गरेका छन् । र गायक स्वयंले पनि साथ दिएका छन् ।

भिडियोका लागि विश्वास बज्राचार्यले निर्देशक गरेका छन् भने सह–निर्देशक बिजनराज बज्राचार्य रहेका छन् । लुजव सिंह र अभिशेक शाक्यले छायांकन गरेको भिडियो क्लिपहरूलाई अनुप पौडेलले सम्पादन गरेर पूर्ण भिडियो बनाएका छन् ।

खासै चर्चाको पछि नलागी सँधै फरक खालका गीतहरूमा काम गरिरहेका शान्तिम कोइराला दीर्घ जीवन भएका गीतहरूमा आफुलाई स्थापित गर्ने क्रममा रहेका छन् । ‘एक्लो हुँदा’ गीत शान्तिम कोइरालाको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस