तिम्रा राता सपनामाथि
मेरा सपना ओच्छ्याएर
उसलाई पर्खँदै
सडकमा आँखा ओच्छ्याएको पनि वर्षैँ बितेछ।
घाटा नाफाको हिसाब बिहीन
इतिहास बोकेर
पर्चेबाजि गरेका निर्मम सपनाहररू
अलपत्र छन् सुन्दर बिहानीको पर्खाईमा।

तिम्रा रक्तिम सपनाको
अभिनयमा रमाउने रङ्गकर्मीहररूसामू
बिचरा ! खण्डित मेरा सपनाहरू
लक्ष्य भेदनकै सपनामा रमाइरहेका छन्
नियमित सूर्यास्त र सूर्योदय नियाल्दै
आफ्नै श्रीअन्तुबाट।

अंशबण्डामा बाबुका नामको जमिन
चिरा–चिरा पारेझैँ
यहाँ,
तिम्रा सपनाहररूको पनि कित्ताकाट सकियो
अमालाई अस्तव्यस्त पारी
मस्त छन् सन्तानहरू राडो मच्चाउन
कैले मेरो बहानामा
कैले तेरो बहानामा
आखाभरि सजिएका
आमाका न्तिकारी सपनाहरूको
कित्ताकाट भएपछि
अलिकति पूर्वको छिमेकीले मिच्यो
अलिकति पश्चिमको छिमेकीले मिच्यो
अलिकति अलिकति गर्दै उत्तर र दक्षिणले मिच्यो
र त,
मध्याह्न अगावै,
लुटिए प्रिय ! तिम्रा भुपरिभेष्टित रक्तिम सपनाहरू

अचेल,
मागिखाने किचिएको कचौरा बनेकाछन्
उसबेलाका तिम्रा रक्तिम सपनाहरू
बजारिन्छन् ,
कहिले सडकमा त कहिले सदनमा
कहिले उडिदिन्छन् आकाशमा
कालो नितान्त कालो धुवाँ बनेर
अनि,
धाँजा फाटेझैँ फाट्छन्
मकै भुटिएझैँ भुटिन्छन्
थाङ्नो च्यातिएझैँ च्यातिन्छन् त
कहिले बल्छन विशाल ज्वाला बनी
सडकमा,
सदनमा,
बालुवाटर अनि सिंहदरवारहरुमा
र त अलपत्र छन्
ऊ बेला,
अलपत्र पार्न वाध्य पारिएका
स्वतन्त्रताका रक्तिम मेरा सपनाहरू
स्वतन्त्रताका रक्तिम तिम्रा सपनाहरू
हो,
साँच्चै टिठ लाग्दा छन् तिम्रा र मेरा
अलपत्र सपनाहरु ।

 

………………………………………………………………………………………………………………………………………………………………….

नेपाली संगीतको क्षेत्रमा अमर नाम हो बच्चु कैलाश । थोरै गीत गाएर पनि स्रोताहरूको मनमुटुमा बस्ने सौभाग्य धेरैले पाउँदैनन्, जुन सौभाग्य बच्चु कैलाशले पाएका छन् । ५० वर्ष अघि नै नेपाली संगीत उद्योगमा स्थापित भएका बच्चु कैलाशले गीत गाउन छाडेको पनि लगभग ३० वर्ष भइसक्यो । उमेरले ८४ वर्ष पुगेका बच्चु कैलाशको जीवन कथा हामीले यस भिडियोमा प्रस्तुत गरेका छौँ ।

प्रतिक्रिया दिनुहोस