दमक । मन्दिर जान सदीक्षा सुवेदीलाई सफारी चढ्नुपर्ने हुन्छ । संयोगले सुदीप कार्की सफारी कुदाउँदै ठीक त्यहीँ आइपुग्छन् । सुदीपसँग उनका साथीहरू पनि हुन्छन् । सदीक्षाले सफारी रोकेपछि सुदीपले साथीहरूलाई ओर्लिन लगाउँछन् । उनका साथीहरूले कुरा बुझिहाल्छन् र जिस्काउँदै सफारीबाट ओर्लिन्छन् । त्यसपछि सदीक्षा र उनका साथीहरू साफारीमा बस्छन् । सुदीप र सदीक्षाको माया त्यो भन्दा पहिलादेखि नै अङ्कुराउन थालेको रहेछ भन्ने बुझिन्छ । कथा यहीबाट सुरु हुन्छ ।

यो कथा हो ‘जमुना’ पातैमा गीतको म्युजिक भिडियोको । उक्त गीतमा कृष्ण उदाशीका शब्दलाई गौरभ दर्पणले संगीत भरेका छन् । नोर्बु शेर्पाले संगीत संयोजन गरेका छन र गौरभ दपर्णले नै आवाज पनि दिएका छन् । पर्पल रेकर्डिङ स्टुडियोमा शरण छिनामले रेकर्डिङ गरेको गीतलाई सुमन खड्काले मिक्सिङ र माष्टरिङ गरेका हुन् ।

उक्त गीतको म्युजिक भिडियोमा सुदीपजङ् कार्की र सदीक्षा सुवेदीको अभिनय रहेछ भने मेकअप आर्टिष्टको काम सोम मग्रातीले गरेका छन् । कवि मिलन विश्वकर्माले कोरियो ग्राफी गरेका छन् भने गौरभ दर्पणले नै भिडियोको निर्देशन गरेका छन् । उक्त गीतको म्युजिक भिडियोलाई दिनेश पराजुलीले क्यामरामा कैद गरेका छन् ।

गीतको म्युजिक भिडियोको लिङ्कः

प्रतिक्रिया दिनुहोस