एक दिन, जरुर एकदिन, त्यो समयले बताउँछ ।
हेर्ने छु त्यो दिन म, खोलो धाउछ कि तिर्खा धाउछ ?

म एक छाक गुजार्न, ऋणमा ट्याक्सी चलाउँछु
ऊ मेरो ट्याक्सी जलाउन, सरकारी गाडीमा आउँछ ।

लोग्ने मारियो, छोरो बेपत्ता छ, छोरी बलात्कृत छे
श्रीमान् ! न्यायको पर्खाइमा, आँखा कैले ओभाउँछ ?

तिम्रो हर्षमा चुहियो आँसु, मेरो पीडाको पोखरी छ
सरकार! म जस्तै जन्ताले, सास्ती कैलेसम्म पाउँछ ?

 

 

Another Gajal Link:

प्रतिक्रिया दिनुहोस