दामक  | केटोको प्रस्तावको प्रतिक्रियामा ‘नाई नाई नाई’ को जवाफ मात्र आएपछि झापाली केटो केटी फकाउने जुक्ति निकाल्न नसकेर अलमल्लियो ।

कुरा हो ‘नाइ नाइ नाइ’ गीतको । आफ्नै शब्द र संगीत रहेको गीतमा डा. सुदीप भट्टराईले आवाज दिएका छन् । गोपाल रसाईलीको एरेन्जमा अडियोलाई तयार पारिएको छ ।

सार्वजनिक म्युजिक भिडियोमा दिपेन्द्र शाही ठकुरी र सन्ध्या आचार्य फिचर छन् । भिडियोमा शर्मिला सुनुवारको मेकअप, दिपेन्द्र शाही ठकुरीको कोरियोग्राफी, दिनेश पराजुलीको छायांकन र अमृत चापागाईंको सम्पादन र रङ्गसंयोजन रहेको छ । डान्सिङ जेनरामा तयार पारिएको भिडियोलाई गौरव दर्पणले निर्देशन गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस