बिर्तामोड | एम.आर.आर. अर्थात ‘मेन्स रुम रिलोडेड’ले बिर्तामोडमा बिहीबार रक्तदान तथा समूहको टी–सर्ट वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

एम आर आर सामाजिक संजाल फेसबुकमा १ लाख भन्दा माथि विश्व भर रहेका १८ वर्ष भन्दा माथि उमेर समूह कटेका नेपाली युवा केटाहरूको फेसबुक समूह हो । जस्को स्थापना डिसेम्बर ११, २०११ मा भएको थियो ।

सुरुवातमा रमाइलो, ठट्टाहरू मात्र गर्ने उद्देश्यले खुलेको यो समूह बिस्तारै ग्रुपमा सदस्य संख्या बड्दै गएपछि एक अर्का बाट आउने नयाँ नयाँ अवधारण र विचारहरू पनि फरक फरक आउन थाले । धेरै युवा जमात त्यो पनि एकै ठाउँमा भएपछि अब रमाइलो मात्र हैन समाजलाई चिनाउने, अफ्ठ्यारोमा परेको जो कोहीलाई सहयोग गर्ने, रगतको अभावलाई पुर्ती गर्ने, भाइचारा कायम गर्ने लगायत विभिन्न क्षेत्रमा काम गर्दै जान थाल्यो र यो कार्य देश भित्रमात्र सिमित रहेन समूहले विदेशमा जुन जुन देशमा आफ्ना सदस्य छन् त्यहाँ त्यहाँ आफ्नु सक्रियता बडाउँदै विभिन्न कार्यक्रमहरू आयोजना गर्न थाल्यो । जस्ले गर्दा यो समुहको प्रभावकारिता बढ्दै गयो ।

यो समुह विषेश गरेर मानवीय सेवा, प्राकृतिक विपति, रक्त अभाव, असहाय, टुहुरा, सडक बालबालिकाहरु, बृद्धाआश्रमका आमाबुबाको सारथी बन्न थाल्यो, फल स्वरुप प्राकृतिक विपतिमा होस् या बद्धआश्रममा बस्नु हुने बुबाआमाहरुका लागि “सबैका लागि दशै” सडक बालबालिकाका लागि न्यानो कपडा वितरण, अनाथ आश्रममा रहने भाइ बहिनीहरुका लागि विभिन्न समयमा उनीहरुको आवश्यकता अनुसारको कार्यक्रम, कोही अशक्त्त र असहायका निमित्त रकम संकलन, लाइब्रेरी स्थापनादेखि लिएर विभिन्न समाजमा खड्किएको आवश्यकता अनुसारको कार्यक्रम गर्दै समाजमा छुट्टै पहिचान बनाउन सफल बन्यो एम.आर.आर. ।

यो समूहले झापामा मात्र विभिन्न समयमा आवश्यकता अनुसारको कार्यक्रम गर्दै आएको छ । हालसम्म झापामा झन्डै दुई दर्जन सामाजिक कार्य गरिसकेको छ । तिनै कार्यक्रमहरूको दौरानमा हाल भैरहेको चरम रगतको अभावलाई मध्यनजर गर्दै मिति २०७८/०७/१८ गते लक्ष्मीपूजाको दिनको शुभ समयमा यो समूहका बिर्तामोडमा सकृय सदस्य आशिष दाहालको संयोजोकोत्वमा रक्तदान कार्यक्रम सभ्य अनि भव्य रुपमा सु–समापन भएको छ। कार्यक्रममा यो समूहले आफ्नु ‘टी–शर्ट बितरण पनि गरेको थियो । कार्यक्रममा ३० पिन्टस् रगत बिर्तामोड रेडक्रसको प्राविधिक सहकार्यमा संकलन गरिएको थियो। कार्यक्रमको दौरानमा झापाका विभिन्न स्थानबाट ५० माथि यो समूहकाका सकृय सदस्य भेला भएर रक्तदान तथा टी–शर्ट बितरण कार्यक्रम पश्चात् एउटै देखिने एम.आर.आर. को टी–शर्ट लगाएर देउसी खेल्दै नाँच्दै गाउँदै रमाइलो गर्दै बिहान ८ बजेबाट सुरु भएको कार्यक्रम करिब ११ बजे सम्पन्न भएको समूहका सक्रिय सदस्य मदन सापकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस