नेपाली चलचित्रका नृत्य सम्राट दिलिप रायमाझी

दमक  | नेपाली चलचित्र उद्योगमा स्तरीय अभिनय गर्ने कलाकार भए पनि राम्रो नृत्य गर्ने कलाकारको अभाव भएको बेला नेपाली चलचित्र क्षेत्रमा उदाएका कलाकार हुन् दिलिप रायमाझी । उनी त्यतिबेला नृत्यका माष्टरपिस थिए । उनले अभिनय भरेका चलचित्र हिट नभइदेखि नै उनी व्यस्त भइसकेका थिए ।

‘आदिकवि भानुभक्त’ चलचित्रदेखि अभिनय सुरु गरेका दिलिप रायमाझीको चौँथो चलचित्र दर्पणछाया, पाँचौँ चलचित्र ‘जिन्दगानी’ र छैटौँ चलचित्र ‘आफ्नो मान्छे’ एकपछि अर्को सुपरहिट भए । उनलाई ह्याट्रिक नै लागेको थियो । त्यसपछि त उनी यति व्यस्त भए कि उनीसँग न्युनतम् आराम गर्ने समय पनि हुँदैन थियो । यस भिडियोमा उनै दिलिप रायमाझीको जीवन कथा प्रस्तुत गरिएको छ ।

Video Link