“सक्किगोनि” दोस्रो सिजनको पहिलो अङ्कमै गुणस्तरीयताको प्रमाण

बिर्तामोड | लकडाउनको कारण अहिले सिने जगत प्राय ठप्प छ । दर्शकहरुले अधिक रुचाएका धेरै चलचित्र, टेलीचलचित्रहरु लामो समय बन्द भए । यो बिचमा हामी जस्ता दर्शकको कुनै न कुनै मन पर्ने चलचित्र टेलिचलचित्र पनि परे र ती मध्ये दर्शकको अपार माया पाएको टेली चलचित्र “सक्गिोनी” सबैभन्दा शिर्ष स्थानमा थियो ।


नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको सक्किगोनि मंसिर २५ गते बिहीबारदेखि भने हिमालयन टेलिभिजनबाट प्रसारण भयो । म र मेरा परिवारका लागि व्यग्र प्रतीक्षामा रहेको सक्किगोनि हेर्न टेलिभिजन सेटअघि जम्मा भइयो । जब सक्किगोनी सुरु भयो म दंग परेँ ओहो ! मेहेनत गरे के हुदैन ? एउटा टेली चलचित्रले गरेको मेहेनत नजर अन्दाज नै गर्न नसकिने थियो । लाग्थ्यो हेर्न नपाएर तिर्खाएका हामी दर्शकभन्दा करिव ७/८ महिना टाढा रहनु पर्दा आफुलाई दर्शक माझ प्रस्तुत गर्न नपाएका कलाकार तिर्खाएका देखिन्थे । यत्रो महिनापछि आउँदा पनि उही जोश, उही जाँगर । अझ आफुलाई प्राविधिक रुपमा अब्बल बनाएर फर्किएको पाएँ । यो एपिसोडमा सबै कलाकारलाई नदेखिए पनि कथा वस्तु र त्यस्ले दिएको सन्देश अत्यन्तै गहन थियो छ ।

प्राय एउटा गाउँभित्र सिमित बनेको कथा र पात्र यो पटक सहर पसेको पाइयो । स्वाभाविक रुपमा त्यही अनुरुप लोकेसन पनि फरक हुने भइहाल्यो । यो एपिसोड निर्माणमा टिमले ५/६ दिन खर्च गरेको देखिएको छ । किनकि यो भागमा काभ्रे, काठमाण्डौ, चितवन कथा वस्तुले माग गरेबमोजिम सोही ठाउँलाई देखाईएको छ । जसका कारण यो १/२ दिनमा छायाँकन सकिने सम्भावना छैन एउटा टेलिचलचित्रले गरेको यो मेहेनत कुनै पनि लो पर्दाको चलचित्र भन्दा कम हैन ।


गाउँका बेरोजगार युवाहरुले देखेका ठुला ठुला सपनाको सहर, परिवेस र यथार्थलाई हँस्यौली तरिकाले प्रस्तुत गर्नु सजिलो पक्कै थिएन र छैन । त्यो पनि कोरोनाले थलिएको एउटा टेली चलचित्रलाई, तर “सक्किगोनि” टिमको जोश, जाँगर र हिम्मतलाई मुक्तकण्ठले प्रसंशा गर्न मन लागेको छ । किन कि सिमित श्रोत साधनका बाबजुत पनि कन्जुस्याई नगरी लगानी गर्न सक्ने आँट गरेको देखियो चलचित्रमा समेत हेलिकप्टर प्रयोग गर्न सोच्नु पर्ने समयमा एउटा टेलि चलचित्रले हेलिकप्टर प्रयोग गर्नुले हामी एक खुड्किलो उक्लियौं है भन्नु हो । यो अत्यन्तै प्रसंसनीय छ । टिमले के कुरा चाहिँ स्पष्ट सन्देश दिएको छ भने नेपालमा पनि यो लेभलका टेलि चलचित्र बन्न सक्छन तर फराकिलो सोच राखेर लगानी गर्न सक्नु पर्छ ।

 

हामीलाई यो दोश्रो सिजनको पहिलो एपिसोड हेर्दा झट्ट मनमा लाग्न सक्छ कि गाउँले परिवेसमा रहेर हामीले हेरिरहेको टेलि चलचित्र कतै सहर केन्द्रित त हुँदैन ? हामीले बुझ्नु यो पर्छ कि कथा बस्तु अनुसार पात्रहरु चलायमान हुन्छन । कथा र पात्र सधैँ एकै ठाउँ नहुन सक्छन् । यो एपिसोडमा २० लाख बोकेर प्रेमिका खोज्न अस्ट्रेलिया हिँडेको जिग्रीले साथीभाइको तालमा लागेर, फजुल खर्च गरेर २० लाख चेट पारेर ठण्डाराम भएर गाउँ आईपुगेको छ । अब २० लाखले गाउँमा जिग्रिलाई कति दुःख देला त्यो हेर्न आगामी एपिसोड कुर्नुपर्ने हुन्छ ।


यो एउटा धाराबाहिक टेलि चलचित्र हो, त्यसैले चलचित्र जस्तो एक पटक प्रशारण भएर त्यस्को समिक्षा गरेजस्तो एकै एपिसोडमा यो झुर बन्यो अब यस्को काम छैन भनेर भन्न मिल्दैन । त्यसो गर्नु भनेको नयाँ जोस जाँगर बोकेका कलाकार निर्माता निर्देशकलाई निरुत्साहित गर्नु हो । त्यसो गरेर हाम्रो सिने जगत उभो लाग्दैन । समग्रमा “सक्किगोनि” को दोश्रो सिजनको पहिलो भागको निर्माण व्यवस्थापन र गुणस्तरीयता कुनै चलचित्र भन्दा कम छैन । बधाई छ “सक्किगोनि” परिवार, अझ धेरै प्रगतिको लागि शुभकामना ।

 

दिपक आचार्य काकु एक समय घरघरमा ट्वाइलेट क्लिनर बेच्दै हिँडेका थिए

जीवन संघर्षको ऐना पनि हो । जसरी बजारमा फरक फरक डिजाइनका ऐन पाइन्छन्, त्यसरी नै हरेक व्यक्तिको जीवनको संघर्ष पनि अलग अलग हुन्छ, तर संघर्ष बिनाको जीवन हुँदैन । संघर्षका यस्तै कैयौँ देउराली उक्लिएका दीपक आचार्य अर्थात काकु सजिलै नेपाली कला जगतमा स्थापित भएका होइनन् । उनीसँग भोकै सुतेका थुप्रै यादहरू जिवित छ । चिनेजानेका सबैसँग ऋण लिएपछि ऋण तिर्न नसकेर भाग्दै हिँड्नु परेका थुप्रै परिस्थिति पनि उसैगरी ताजै छन् । उनै दीपक आचार्य काकुसँग फलैँचा इन्टरटेन्मेन्टका निर्देशक कृष्णउदाशीले गरेको संवादका आधारमा तयार पारिएको जीवनी यसप्रकार छ ।

भिडियो लिङ्क: