गीत-सङ्गीत र साहित्यका यी मूर्खहरू नभए नेपालको अस्तित्व के हुन्थ्यो ? -सुरेश अधिकारी

म मान्छु सरकारले विकासको काम अत्यन्तै तिब्र रुपमा अगाडि बढाएको छ । तर नेपाली भाषा सस्कृतिको सार्वभौमिक अस्तित्वलाई विश्वमा बुलन्द बनाउने नेपाली स्रष्टाहररूको अस्तित्व रक्षा गर्ने काममा कुनै पनि सरकारको ठोस कदम अगाडि न आउनु साह्रै दुखद् र चिन्ताको विषय हो । वन कन्भेन्सनको सदस्य मुलुकको रुपमा पनि नेपालले आफ्नो कर्तब्य निर्वाह गर्नु पर्ने धेरै ठाउँहररूमा सरकार चुकेको छ ।

प्रतिलिपी अधिकार रजिस्ट्रार कार्यालयको स्थापना गरेर मात्रै आफ्नो कर्तब्य पूरा भयो भन्ने ठान्नु नेपाल सरकारको कमजोरी बिगतदेखि नै रहँदै आएको छ । प्रतिलिपी अधिकार ऐन पनि कार्यान्वयन हुन नसकेको कानूनको सूचीमा रहेको कुरा सरकारलाई जानकारी गराउन सङ्घ सस्थाले नै अग्रसरता लिनु पर्ने हो । एउटा व्यक्ति चिच्याएर रुँदै हिँडेर राज्यलाई बुझाउन कदापी सक्दैन । सङ्घ सँस्थाहररूको आपसी समन्वयको अभाव त छँदैछ, अझै सङ्घ सँस्थाहररूमा नेतृत्वदायी भुमिकामा रहेका व्यक्तिलाई सही बाटो देखाउने अभिभावकीय भूमिकाको पनि खडेरी छ । प्राज्ञिक क्षेत्रका बुध्दिजिवी भए पनि आफ्नो चुरो समस्या के हो भनेर बुझ्न सक्ने क्षमता नभएरै लक्ष्मी प्रसाद देवकोटाहररू जस्तै अहिलेका स्रष्टा पनि आफ्नो गरिबी र अभावप्रति गर्व गर्नु पर्ने पारम्परिक बिडम्बना अङ्गालेर काल कुरिरहेका छन । तिनै पीडितहररूलाई दुःख बिमार पर्दा केही चन्दा वा आर्थिक सहयोग जुटाएर समाजमा आफ्नो प्रतिष्ठा आर्जन गर्ने मान्छेहररूकै लाममा सङ्घ सँस्थाका अगुवा उभिएर आफ्नो कर्तब्य निर्वाह गर्दैछन् । असल र क्षमतावान स्रष्टाहरू सङ्घ सँस्थाको नेतृत्व लिन कदापी तयार छैनन् । आपसी आरोप प्रत्यारोप र व्यक्ति सिध्याउने षड्यन्त्रमुलक खिचा राजनीतिमा मुछिन नचाहनु त्यत्ति ठुलो गल्ती पनि हैन । त्यसैले समस्या हमेशा समस्या नै रहँदै आएको छ ।

विश्वका धनिमानीहरूमा गनिने वर्गका स्रष्टा, कलाकार नेपालमा भने गरिब भनेर किन चिनिए ? सोच्ने कसले हो ? दुई रुपियाँको उत्पादन लागत पर्ने चाउचाउलाई चालिस रुपियाँ तिरेर होटेलमा खाँदै सित्तैमा टिभिमा हेर्दै गरेको गीतको म्युजिक भिडियोको लागत दस लाख हो भन्ने कुरा कसले कसलाई बुझाउने होला ? सरकारमा बस्नेहररू धेरै जसो ले त अवश्य सोच्छन् होला कति मूर्ख मान्छेहररू यी स्रष्टा कलाकार, एक पैसा उपज नहुने यस्तो वाहियात काममा लाखौँ लगानी गर्ने ! बरु हिन्दी वा अर्कै भाषाको गीत सुने भै गो नि । किन गीत गाउनु ? किन कविता लेख्नु ? आर्कै आम्दानी हुने काम गर्न सक्दैनन् र ? एकजना त कोही निस्कोस् यो बुझ्ने कि, गीत सङ्गीत र साहित्यका यी मूर्खहरू नभए नेपालको अस्तित्व के हुन्थ्यो ? तपाईहरू कसको सरकार चलाउनु हुन्थ्यो ?