ग्रामीण क्षेत्रको लोकलयमा बनेको धानको चुली मकैको सुली लोकप्रिय बन्दै

दमक । चर्चित गायक तथा संगीतकार थानेश्वर गौतम र लाली बुढाथोकीको स्वरमा रहेको धानको चुली मकैको सुली बोलको गीत सार्वजनिक भएको छ । ग्रामीण क्षेत्रको लोकलयलाई समावेश गरी नेपाली संस्कृति र प्रेममा आधारित धानको चुली मकैको सुली, लाइदेऊ माया नबोली, नबोली बोलको गीत सार्वजनिक भएको हो ।

लोक भाकाको मौलिकपन झल्कीने गरी तयार पारिएको गीतमा गायक स्वयमकै लय, प्रभा बर्तौलाको शब्द तथा राजन ईशानको संगीत संयोजन रहेको छ भने भिडियोमा नायिका तथा मोडल केकी अधिकारी र नायक पुष्प खड्काको प्रेमको कथालाई समेटेर प्रकाश भट्टले निर्देशन गर्नुभए छ ।

नेपाली शास्त्रीय गायनमा मौलिक तथा नयाँपनको प्रभाब जमाउदै नेपाली संगीत बजारमा पञ्चेवाजा, रोईला, सालैजो, गजल तथा चलचित्रका गीत भजन लगाएतका सबै प्रकारका गीतमा सफल गायक तथा सर्जक गौतमले लोक तथा आधुनिक गीतमा सुमधुर आबाजकी धनी गायिका बुढाथोकीले बजारमा ल्याएको गीत धानको चुली मकैको सुली गीत बिहानी डिजिटल म्युजिक मार्फत युट्युवमा सार्वजनिक गरिएको हो ।