सृष्टी र मिथुनको तिनपाने सार्वजनिक

दमक । गौरभ दर्पणले निर्देशन गरेको म्यूजिक भिडीयोमा सुधिर श्रेष्ठ मुखियाको घरमा बसेर मुखियाकै छोरीलाई आफ्नो बनाउन सफल भएका छन् । मुखियाकी छोरी बनेकी छिन् रियाशा दाहाल । सुधिर श्रेष्ठ र रियासा दाहाल पछिल्लो समय नीकै चर्चित मोडल तथा कलाकार हुन् । तिनै चर्चित अनुहारको एकसाथ रोमान्स गर्ने मौका एकपटक पुनः जुरेको छ ।

भरखरै ‘मेरो मनको टिभी’ नामक युट्युब च्यानल मार्फत एउटा भिडीयो सार्वजनिक भयो । उक्त भिडीयोमा सुधिर र रियासाको जोडीले दमदार अभिनयका साथै खुब सुहाउदिलो तरिकाले डान्स पनि गर्छन् । बद्री पुडासैनिलाई मुखियाको भूमिकामा देख्न पाईने भिडीयो हो गीत ‘तीनपाने’ गीतको । गायक मिथुन शिवा तथा गायीका सृष्टी हिङमाङको स्वर रहेको गीतमा गायक शिवाले नै शब्द रचना तथा संगीत भरेका छन् ।

गायक–गायिका मिथुन र सृष्टी रियल जोडी हुन् । निकै रोमान्टिक र कमेडी कन्सेप्टमा तयार पारिएको उक्त भिडीयोको कोरियोग्राफी दिपेन्द्र शाही ठकुरीले गरेका हुन् भने एरेन्ज कुशल सिंहले गरेका छन् । मिक्सिङ र माष्टरिङ किशेर थापाले गरेका छन् । आर्टमण्डू स्टुडियोमा रेकर्ड गरिएको ‘तीनपाने’ मिथुन र सृष्टीको जोडीको दोस्रो गीत हो । यो जोडीले यस अघि ‘तिम्रो छाती भित्र मुटु चल्छ मेरो’ गीत ल्याएर निकै चर्चा बटुली सकेका छन् ।

Song link:

 

 

 

Another link: